7 years ago
December 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङदी क्लब भिड्दैछन् । लिगमा अपराजित यात्रा कायम गरेका दुई टोलीको खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

मनाङले शीर्ष स्थानमा रहँदै ७ खेलमा २१ अंक जोडेको छ । सबै खेलमा जित हात पारेपनि प्रदर्शन भने सन्तोषजनक मात्र रहन सकेको छ । मनाङका प्रशिक्षक सुमन श्रेष्ठ पनि अहिलेसम्म मनाङले आफ्नो परम्परागत प्रदर्शन देखाउन नसकेको स्वीकार्छन् । मनाङले तेस्रो चरणमा थ्री स्टारलाई २-१ ले पराजित गर्दापनि अधिकांश समय दबाबमा नै देखिएको थियो ।
मनाङलाई यसपटक सिजनको सुरुवातदेखि नै चोटले पिरोलेको छ । सुजल श्रेष्ठ लिगको दोस्रो खेल अगाडी घाइते हुनु र उनको स्थानमा आएका प्रकाश बुढाथोकी पनि डेब्युमै चोट बोक्नुले आक्रमणमा केहि धक्का पुगेको छ । सुजल चाडैं नै मैदान फर्कने तर्खरमा छन् भने प्रकाशलाई अझै केहि विश्राम आवश्यक छ ।

यता आर्मीले लिगको पहिलो खेलमा एनआरटीसँग २-२ को बराबरी खेल्दै हार टारेको थियो । हालसम्म एनआरटीको एकमात्र अंक त्यहि नै हो । आर्मी भने लगातार ४ जित दर्ता गर्दै छैटौं चरणमा फ्रेन्ड्ससँग गोलरहित बराबरीमा रोकियो । आर्मीले ७ खेलमा ५ जित र २ बराबरीसँगै १७ अंक जोडेको छ । आर्मीले आजको खेलमा जित दर्ता गरे शीर्षस्थानमा मनाङको अग्रता गोलअन्तरमा सिमित रहनेछ । आर्मी आफैं पनि शीर्षस्थानसँगको दुरी १ अंकमा झार्न सफल रहनेछ ।
आर्मीले पछिल्लो समय अग्रपंक्तिमा चुक्दा अपेक्षित नतिजा हासिल गर्न सकेको छैन । डिफेन्स र मिडफिल्ड उच्च लयमा देखिएको आर्मीको आक्रमण भने फितलो देखिएको छ । फरवार्ड नवयुग श्रेष्ठ घाइते हुनु र जर्जप्रिन्स कार्की सैन्य प्रशिक्षणमा सामेल हुनुले आर्मीलाई धक्का पुगेको छ । कप्तान भरत खवासमा निर्भर आक्रमणमा टंक बस्नेत, दिनेश हेन्जन र टेकबहादुर बुढाथोकीले अपेक्षित साथ दिन सकेका छैनन् ।
आर्मी र मनाङको नतिजाले लिगको समीकरणमा निकै ठूलो भूमिका खेल्छ । मनाङ विजयी भएको खण्डमा आर्मीको उपाधि दावेदारी लगभग समाप्त हुनेछ । मनाङले जित दर्ता गरेमा उपाधि दावेदारीमा बलियो स्थान बनाउनेछ । अंक बराबरीको अवस्थामा हेड टु हेड नियम लागु हुने कारण पनि यस खेलको नतिजा थप महत्त्वपूर्ण बनेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]