default_image

7 years ago

December 14, 2018

साफ महिला फुटबल च्याम्पियनसिप- नेपालको पहिलो खेल भुटानविरुद्ध

287 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीले भुटानसँग खेल्दै विराटनगरमा फागनु/चैतमा आयोजना हुने साफ महिला फुटबल च्याम्पियनसिपको यात्रा सुरु गर्ने भएको छ ।

फाइलः तस्वीर

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल भुटानसँग फागुन २८ गते खेल्नेछ । समूह एमा नेपाल, भुटान, बंगलादेश र पाकिस्तान रहेका छन् । अर्को समूहमा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

नेपालले दोस्रो खेल फागुन ३० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल चैत २ गते बंगलादेशसँग खेल्नेछ । लिग कम नकआउट पछि समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

विराटनगरको सहिद रंगशालामा हुने च्याम्प्यिनसिपको सेमिफाइनल चैत ६ गते र फाइनल चैत ८ गते हुनेछ । महिला साफ च्याम्प्यिनसिप नेपालले अहिले सम्म जित्न सकेको छैन ।

सन् २०१० देखि सुरु भएको साफ महिला च्याम्प्यिनसिपको पहिलो तीन संस्करणमा नेपाल फाइनल पुगेको थियो । २०१६ को चौथो संस्करणमा भने नेपाल सेमिफाइनल भन्दा अघि बढ्न सकेको छैन । यसअघिका चारै संस्करण भारतले जितेको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.