default_image

7 years ago

December 16, 2018

चेल्सी विजयी, आर्सनलको साउथह्याम्पटनसँग हार

155 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन होभ अल्वियोनलाई उसकै मैदानमा २–१ ले पराजित गर्दा अर्काे लन्डन क्लब आर्सनल साउथह्याम्टनसँग ३–२ ले स्तब्ध भएको छ ।


आइतबार भएको खेलमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज र इडेन हाजार्डले गोल गरे । घरेलु टोलीका लागि सोली मार्चले एक गोल गरे ।
चेल्सीले खेलको १७औं मिनेटमा पेड्रोको गोलबाट अग्रता बनाएको थियो ।

पेड्रोले इडेन हाजार्डको पासलाई गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३३औं मिनेटमा इडेन हाजार्डले गोल गरेपछि चेल्सीले खेलमा २–० को अग्रता बनायो । उनले विलियनको पासलाई सदुपयोग गरेका थिए ।

पहिलो हाफमा २–० ले अघि बढेको चेल्सीले ६६औं मिनेटमा गोल खान पुग्यो । घरेलु टोलीका लागि सोली मार्चले बर्नाडोको पासमा सदुपयोग गर्दै खेललाई २–१ के अवस्थामा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी २–० ले विजयी हुन सफल भयो ।

जितसँगै चेल्सी ३७ अंक जोडेर चौथो स्थानमा यथावत छ । पराजित ब्राइटन २१ अंक जोडेर १३औं स्थानमा छ ।

आइतबारै भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनल साउथह्याम्टनसँग ३–२ ले स्तब्ध बनेको हो । साउथह्याम्टनको जितमा ड्यानी इङ्सले २ तथा चार्ली अस्टिनले एक गोल गरे । आर्सनलका हेनरिक मिखटारियनले दुई गोल गरेपनि टिमलाई हारबाट बचाउन सकेन ।

२०औं मिनेटमा ड्यानीले गोल गरेपछि आर्सनल खेलमा पछि परेको थियो । तर, त्यसको आठ मिनेटपछि नै आर्सनलका हेनरिक मिखटारियनले बराबरी गोल फर्काएका थिए ।

४४औं मिनेटमा ड्यानीले टिम तथा व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनल पहिलो हाफमा २–१ ले पछि परेको थियो । ५३औं मिनेटमा हेनरिकले अर्काे गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । खेल सकिन ५ मिनेट बाँकी रहँदा चार्लीले गोल गरेपछि आर्सनल घरेलुु टोलीसँग ३–२ ले स्तब्ध भयो ।

हारसँगै आर्सनलले चौथो स्थानमा रहेको चेल्सीसँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । आर्सनलको १७ खेलबाट ३४ अंक छ । आर्सनललाई पराजित गरेको साउथह्याम्टन १२ अंकसहित रेलिगेसन जोनभन्दा १ साथ माथि उक्लिएको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.