7 years ago
December 17, 2018
एनफिल्ड (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित पुनः शीर्ष स्थानमा फर्किएको छ ।
प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ३–१ को गोल अन्तरमा पराजित गरेपछि लिगको शीर्ष स्थानमा फर्किएको हो ।
लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १ अंकले पछि परेको हो । लिभरपुलले १७ खेलबाट ४५ अंक जोड्दा सिटीले समान खेलबाटै ४४ अंक जोड्यो ।
लिभरपुलको महत्वपूर्ण जिदा जरदान शाकिरीले २ तथा लागि साडियो मानेले एक गोल गरे । युनाइटेडका जेसे लिङ्गार्डले एक गोल फर्काए । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले खेलमा बनाएको सुरुवाती अग्रता लिएको थियो ।
फाविन्हो पासमा मानेको भली सट गोल भएको थियोे । तर, लिभरपुलको त्यो अग्रता लामो समय टिकेन । ३३औं मिनेटमा जेसे लिङ्गार्डले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा जरदान शाकिरी दृश्यमा आए । ७३औं मिनेटमा शाकिरीले गोल गरेपछि लिभरपुलले खेलमा २–१ को अग्रता बनायो । ८०औं मिनेटमा शाकिरीले नै गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।
यससँगै लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भएको छ । प्रिमियर लिगमा अपराजित रहने लिभरपुल एक्लो टोली हो ।
लिभरपुलसँगको हारसँगै युनाइटेड २६ अंक जोडेर छैटौ स्थानमा यथावत छ । युनाइटेड पाँचौ स्थानको आर्सनलभन्दा ८ अंकले पछि परेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]