default_image

7 years ago

December 17, 2018

एनआरटीमाथि शेर्पाको जित

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत न्यू रोड टिम (एनआरटी) विरुद्ध १-० को जित दर्ता गरेको छ । विंगर विश्वास श्रेष्ठले पहिलो हाफको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो ।

विश्वासले एकल प्रयासमा दुई डिफेन्डरलाई छक्याउँदै पेनाल्टी क्षेत्रको बायाँभागबाट गरेको प्रहार गोलरक्षक अजित प्रजापतिलाई बिट गर्दै पोस्टमा छिरेको थियो । त्यसअघि पनि विश्वासले गरेको सोहि किसिमको प्रहारले पोस्टको दिशा लिन सकेको थिएन ।

३० औं मिनेटमा शेर्पाका ड्याडी वाम्बाको शक्तिशाली प्रहार पोस्टभन्दा बाहिर जाँदा ४२ औं मिनेटमा कर्ण लिम्बूको हेडरले पोस्टको दिशा लिन सकेन । त्यसअघि २७ औं मिनेटमा एनआरटीका बालगोपाल साहुखलको हेडर पनि बाहिरिएको थियो ।

दोस्रो हाफको ६२ औं मिनेटमा गाेलरक्षक अघि बढेकाे अवस्थामा विश्वासकाे पासमा अासिष गुरुङकाे प्रहार डिफेन्डरलाई लाग्दै दाेस्राे बारबाट बाहिरियाे । ७०अाैं मिनेटमा शेर्पाका ड्याडी वाम्बाकाे बक्सभित्रकाे प्रहार अाकासियाे । ७७अाैं मिनेटमा एनआरटीका अशाेक थापाकाे प्रहार शेर्पामा गाेलरक्षक किशाेर गिरीकाे हातबाट बारमा लाग्दै बाहिरियाे ।

यस जितसँगै शेर्पाले ९ खेलमा ४ जित, २ बराबरी र ३ हारसँगै १४ अंक जोड्न सफल भएको छ । एनआरटी भने लगातार आठौं हारसँगै लिगको पुछारमा अड्किएको छ ।

खेलको तस्बिर:

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.