default_image

5 years ago

December 20, 2018

च्यासलका फरवार्ड सन्तोष जापान फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – जापानबाट ए डिभिजन लिग खेल्न आएका फरवार्ड सन्तोष साहुखल पुन: जापान फर्किएका छन् । च्यासल युवा क्लबबाट लिगका ५ खेल खेल्दै सन्तोषले ३ गोल गरे । सन्तोषले च्यासलबाट खेल्दै हिमालयन शेर्पा क्लबविरुद्ध म्यान अफ द म्याच पनि हात पारेका थिए । उनले लिगको दशौं चरणसम्म खेल्ने यसअघि नै बताएका थिए । तर […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जापानबाट ए डिभिजन लिग खेल्न आएका फरवार्ड सन्तोष साहुखल पुन: जापान फर्किएका छन् । च्यासल युवा क्लबबाट लिगका ५ खेल खेल्दै सन्तोषले ३ गोल गरे ।

सन्तोषले च्यासलबाट खेल्दै हिमालयन शेर्पा क्लबविरुद्ध म्यान अफ द म्याच पनि हात पारेका थिए । उनले लिगको दशौं चरणसम्म खेल्ने यसअघि नै बताएका थिए । तर लिगका दुई खेल दोहोरो पहेंलो कार्ड र रेड कार्डका कारण गुमाउँदा उनले दुई खेल गुमाए । च्यासल र मनाङको खेलमा उनले खेलेका थिएनन् ।

यसअघि च्यासलका मुख्य फरवार्ड विमल घर्ती मगर पनि प्रशिक्षणका लागि बेल्जियम लागिसकेका छन् । सन्तोषको प्रस्थानसँगै टोलीमा अग्रपंक्तिको जिम्मेवारी विदेशी खेलाडी एल्भिसमा हुनेछ । उनले च्यासलबाट पछिल्लो खेल खेलिसकेका छन् । त्यसबाहेक सन्तबहादुर गुरुङ, सुनिल खड्कासँगै संजोक राईले पनि अग्रपंक्तिको भूमिका निर्वाह गर्न सक्नेछन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.