default_image

5 years ago

December 26, 2018

ब्राजिलियन फरवार्ड नेयमारद्वारा बार्सिलोना फर्कने संकेत

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयामारले निकट भविष्यमा बार्सिलोना फर्कने संकेत दिएका छन् । २६ वर्षीय फरवार्डले सन् २०१७ को ट्रान्सफर विन्डोमा २ सय २० मिलियन युरोमा बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए । नेयमारले बार्सिलोना छाड्ने बेलामा गरेको व्यवहारका कारण उनलाई समर्थकहरुले पछिल्लो समय रुचाएका छैनन् । तर यसका बाबजुद नेयमारको व्यवस्थापनमा […]

22 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयामारले निकट भविष्यमा बार्सिलोना फर्कने संकेत दिएका छन् । २६ वर्षीय फरवार्डले सन् २०१७ को ट्रान्सफर विन्डोमा २ सय २० मिलियन युरोमा बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए ।

नेयमारले बार्सिलोना छाड्ने बेलामा गरेको व्यवहारका कारण उनलाई समर्थकहरुले पछिल्लो समय रुचाएका छैनन् । तर यसका बाबजुद नेयमारको व्यवस्थापनमा काम गर्ने व्यक्तिहरुले निरन्तर रुपमा बार्सिलोनालाई सम्पर्क गरेर उनलाई क्लबमा फर्कने प्रबन्ध मिलाउन सल्लाह गरिरहेका छन् । नेयमार आफैं पनि बेलाबेलामा बार्सिलोना पुग्ने गरेको स्रोतले जनाएको छ ।

‘ नेयमार जब आफ्नो व्यक्तिगत कामले बार्सिलोना आउँछन् उनले क्लब र ड्रेसीङ रुममा पुगेर केहि समय बिताउने गर्छन् । उनले क्लब छाड्नु नै गलत निर्णय थियो,’ स्रोतले थप्यो, ‘उनीसँग यहाँ सबथोक थियो । उनले आफ्नो चाहनाअनुसार नै क्लब छाडे । अब उनी फर्कंदा वातावरण कस्तो हुन्छ भन्ने हामीले बुझ्न कठिन छ ।’

पीएसजीले नेयमारलाई यसै वर्ष छाड्ने कुनै संकेत देखिएको छैन । तर युवा फरवार्ड किलियन एमबाप्पेको उदयले नेयमारको बार्सिलोना फर्कने चाहना भने पूरा हुन सक्छ । पीएसजीका मालिक नासेर अल खेलाफी र नेयमारइच् अर्को सिजन क्लब छाड्न दिने सम्झौता रहेको छ । यसका लागि क्लबले उनलाई खरिद गर्न खर्चेको रकम भने परिपूर्ति गर्नुपर्ने छ ।

सन् २०२० मा कुनैपनि क्लबले २ सय १५ मिलियन युरो खर्चेर उनलाई अनुबन्ध गर्न सक्नेछ । त्यसअघि नेयमारले क्लब छाड्न भने खेलाडी र क्लब दुवैले नयाँ क्लबसँग सम्झौता गर्नुपर्नेछ, जुन सहज देखिँदैन । यसअघि रियल म्याड्रिडले पनि नेयमारलाई भित्र्याउने भनेपनि उनको नजर भने बार्सिलोनामै रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.