default_image

5 years ago

December 28, 2018

रियलमै रहेर सन्यास लिने मोड्रिचको इच्छा !

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर ब्यालोन डी ओर विजेता लुका मोड्रिचले रियलमा रहरै खेल जीवनबाट सन्यास लिने इच्छा रहेको बताएका छन् । उनले अबको उद्देश्य रियलमै रहेर खेल जीवनबाट विश्राम लिनु रहेको प्रष्ट पारेका हुन् । सिजनको सुरुवातमा रियलसँग सम्झौताका विषयमा केहि असन्तुष्ट रहेको भनिएका ३३ वर्षे मोड्रिच इन्टर मिलान जाने चर्चा पनि चलेको थियो […]

38 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर ब्यालोन डी ओर विजेता लुका मोड्रिचले रियलमा रहरै खेल जीवनबाट सन्यास लिने इच्छा रहेको बताएका छन् । उनले अबको उद्देश्य रियलमै रहेर खेल जीवनबाट विश्राम लिनु रहेको प्रष्ट पारेका हुन् ।

सिजनको सुरुवातमा रियलसँग सम्झौताका विषयमा केहि असन्तुष्ट रहेको भनिएका ३३ वर्षे मोड्रिच इन्टर मिलान जाने चर्चा पनि चलेको थियो । तर, रियल उनलाई क्लबमै रहने विषयमा सहमत गराउन सफल भएको बताइएको छ । उनको पारिश्रमिकमा बृद्धि गरिएको पनि औपचारिक रुपमा भने कुनै निर्णय सार्वजनिक भएको छैन ।

विश्व कप फुटबलमा क्रोएसियालाई फाइनल सम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मोड्रिडले व्यक्तिगत उत्कृष्ट यो वर्षका सबै अवार्ड जितिसकेका छन् । विश्व कपमै उत्कृष्ट खेलाडी चुनिएका उनले फिफा बेस्ट अवार्ड र ब्यालोन डी ओर जितेका थिए । अहिले आएर भने उनले आफु रियलमा खुसी रहेकोको बताएका छन् ।

‘म चाहन्छु की मेरो खेल जीवनको अन्त्य यहि होस् । त्यो मेरो लागि त्यो महत्वपूर्ण छ,’ उनले भने, ‘मैले माथिल्लो स्तरमा रहेर खेल्नु पर्छ । त्यो आफैंमा सहज छैन ।’ सिजनको सुरुवात मोड्रिचले कमजोर रुपमा गरेका थिए ।

मैदान भित्रको व्यस्तताका कारण उनी केहि थकित भएको अनुमान गरिएको थियो । पछिल्लो समय भने उनी फेरि लयमा देखिएको विश्वास गरिएको छ । उनी लयमा फर्कदा घरेलु लिग र च्याम्पियन्स लिगमा रियलको चुनौति बलियो हुने अपेक्षा गरिएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.