default_image

5 years ago

January 1, 2019

पुलिसमाथि एपीएफको शानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार घरेलु मैदानमा नेपाल पुलिस क्लबलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । एपीएफको जितमा युवराज खड्काले २ गोल गरे । एपीएफले खेलको २० औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । सुदिप सिख्राकारको पासमा मिडफिल्डर राजेन्द्र रावलले पेनाल्टी […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार घरेलु मैदानमा नेपाल पुलिस क्लबलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । एपीएफको जितमा युवराज खड्काले २ गोल गरे ।

एपीएफले खेलको २० औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । सुदिप सिख्राकारको पासमा मिडफिल्डर राजेन्द्र रावलले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । २८ औं मिनेटमा हरी कार्कीले एपीएफको अग्रता दोब्बर पारे । श्याम नेपालीको क्रसमा हरीले ६ यार्ड बक्सभित्र अनमार्क रहेको अवस्थामा फस्ट टचमै गोल गरेका थिए ।

पहिलो हाफको २ मिनेट समय बाँकी हुँदा एपीएफका युवराज खड्काले घरेलु टोलीलाई ३-० को अग्रता दिलाए । सुदिप सिख्राकारले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा युवराजले हेडर मार्फत गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा नै पुलिसले अग्रता भने घटायो । रवी पासवानको क्रसमा तेज तामाङको हेडरलाई अजित भण्डारीले गोललाइन नजिकैबाट सहजै गोल गरे ।

दोस्रो हाफको ८५ औं मिनेटमा एपीएफले पुन: ३ गोलको अग्रता कायम गर्यो । श्याम नेपालीको सुन्दर पासलाई पेनाल्टी क्षेत्रभित्र युवराज खड्काले नियन्त्रणमा लिंदै गोलमा परिणत गरे । यस जितसँगै एपीएफले शीर्ष ६ मा पर्ने सम्भावनालाई बलियो बनाएको छ ।

एपीएफले पुलिसलाई अंक तालिकामा पनि उछिनेको छ । एपीएफले १२ खेलमा ६ जित र २ बराबरीसँगै २० अंक जोडेको छ । पुलिसले १२ खेलमा ५ जित र २ ३ बराबरी खेल्दै १८ अंक मात्र जोडेको छ ।

अंक तालिका :

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.