default_image

5 years ago

January 2, 2019

‘यो सफलता हचुवामा प्राप्त भएको होइन’ – संकटा प्रशिक्षक खड्गी

काठमाडौं (हाम्रो खेलकुद) –  सीएमजी क्लब संकटाले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टारलाई २-१ ले पराजित गर्दै लिगको उपविजेता बन्ने पक्का गर्यो । जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले क्लबले विश्वास गरेर दिएको जिम्मेवारीलाई पूरा गर्न पाउदा खुशी र गर्व लागेको प्रतिक्रिया दिए । ‘हामीले लिगको शीर्ष ५ मा रहने योजना […]

21 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  सीएमजी क्लब संकटाले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टारलाई २-१ ले पराजित गर्दै लिगको उपविजेता बन्ने पक्का गर्यो ।

जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले क्लबले विश्वास गरेर दिएको जिम्मेवारीलाई पूरा गर्न पाउदा खुशी र गर्व लागेको प्रतिक्रिया दिए । ‘हामीले लिगको शीर्ष ५ मा रहने योजना बनाएका थियौं । खेलाडीको मिहेनतले हामी त्यो भन्दा अघि पुग्न सफल भयौं,’ खेलपछि प्रशिक्षक खड्गीले भने, ‘नवौं राउन्डपछि हामीले उपाधिमा पनि आफ्नो सम्भावना देख्यौं । मनाङसँग दुर्भाग्यपूर्ण रुपमा पराजित भएपछि शीर्ष दुईमा पर्ने लक्ष्य थियो । खेलाडीहरुले सक्दो मिहेनत गरे । उपविजेता बन्नुमा नै खुशी छु ।’

थ्री स्टारविरुद्धको खेलमा विपक्षीलाई जितको दबाब रहेकाले आफ्नो होल्ड गरेर खेल्ने रणनीति सफल रहेको उनले बताए । ‘थ्री स्टारसँग जितको विकल्प थिएन । हामीले पाएको मौका सदुपयोग गर्यौं । खेलाडीले रणनीति अनुसार खेल्न सके र निरन्तर मिहिनेत जारी राखे । उपविजेता बन्ने श्रेय सबै खेलाडीलाई दिन चाहन्छु । यो हाम्रो मिहिनेतको फल हो । यसलाई हचुवामा पाएको सफलता भन्न मिल्दैन,’ खड्गीले थपे ।

संकटा प्रशिक्षक सल्यान खड्गी

उनले लिगका लागि छोटो तयारी भएपनि खेलाडीको जोश र उत्साहले निकै सहयोग पुगेको बताए । ‘हामीले लिगका लागि डेढ महिनाको प्रशिक्षण गरेका थियौं । यही टिमले लिगको उपविजेता बन्ने सोचेको थिएनौ,’ प्रशिक्षक खड्गीले भने, ‘ तर खेलाडीले निरन्तर मिहिनेत गरे । हाम्रो टोलीको युवा जोशले पनि केहि सहयोग पुग्यो । सबै खेलाडीले गर्दा नै सफल भएको छौं ।’

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.