default_image

5 years ago

January 4, 2019

‘२०१८ मेरो खेल जीवनको उत्कृष्ट वर्ष’-रोनाल्डो

टुरिन (एजेन्सी)– फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१८ आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट बर्ष रहेको बताएका छन् । अघिल्लो वर्ष रियल म्याड्रिडलाई लगातार तेस्रो वर्ष च्याम्पियन्स लिग जिताउन अगुवाई निर्वाह गरेका रोनाल्डो समरमा सिरि एको सफल टोली युभेन्ट्समा आबद्ध भएका थिए । रियलमा नौ वर्ष सफल यात्रा तय गरेका ३३ वर्षे रोनाल्डोले क्लब छाड्ने निर्णय […]

25 views

0 Bookmark

टुरिन (एजेन्सी)– फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१८ आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट बर्ष रहेको बताएका छन् । अघिल्लो वर्ष रियल म्याड्रिडलाई लगातार तेस्रो वर्ष च्याम्पियन्स लिग जिताउन अगुवाई निर्वाह गरेका रोनाल्डो समरमा सिरि एको सफल टोली युभेन्ट्समा आबद्ध भएका थिए ।

रियलमा नौ वर्ष सफल यात्रा तय गरेका ३३ वर्षे रोनाल्डोले क्लब छाड्ने निर्णय गर्दा धेरै आश्चार्यमा परेका थिए । रियल छाड्नु सहि निर्णय नभएको कतिपयको भनाई थियो । तर, रोनाल्डोले युभेन्ट्समा सिजनको सुरुवात उत्कृष्ट ढंगले गरेका छन् ।

‘म कीर्तिमानका लागि काम गर्दिन । म क्लबको सफलताका लागि काम गर्दछु । २०१८ मेरो खेल जीवन उत्कृष्ट वर्ष हो,’ रोनाल्डोले भने, ‘स्पेनमा जस्तो गरेको थिए, इटालीमा पनि त्यस्तै बलियो सुरुवात भएको छ । तर यहाँ स्पेनमा जस्तो धेरै गोल गर्न सकिन्न । यहाँका सबै टोलीको रक्षापक्ति उत्कृष्ट छ ।’

च्याम्पियन्स लिग जित्नु सपना रहेको उल्लेख गर्दै रोनाल्डोले तर त्यसमा सफल नहुन पनि सकिने बताएका छन् । ‘टोलीका लागि उपाधि महत्वपूर्ण हुन्छ । म जितका लागि प्रयास गर्नेछु । टुरिनमा मलाई उल्लासमय वातावरणमा स्वागत गरिएको थियो,’ उनले भने, ‘म यहाँ ठिक छु । यसै गरि म वर्षौ खेल्न चाहन्छु । के म नानी जस्तै स्पोर्टिङ जान्छु होला त ? तर फुटबलमा के हुन्छ कसैलाई थाहा हुन्न ।’

रोनाल्डोले इटालीमा उत्कृष्ट ढंगको सुरुवात गरेका छन् । सबै खाले प्रतियोगितामा गरि उनले युभेन्ट्सका लागि २४ खेलमा १५ गोल गरिसकेका छन् । सिरि एमा टोली यो सिजन अपराजित रहेको छ भने च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.