default_image

5 years ago

January 4, 2019

खप्तड गोल्डकपको पूर्ण खेलतालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – मोफसलकै सर्वाधिक धनराशीको तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नेपाल आईस सुदूरपश्चिम स्पोर्ट्स क्लबले शुक्रबार गोल्डकपको पूर्ण खेल तालिका सार्वजनिक गरेको हो । पुस २४ गतेदेखि माघ ५ गतेसम्म धनगढीमा हुने प्रतियोगितामा कुल ११ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीहरुलाई दुई पूलमा छुट्याएर […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मोफसलकै सर्वाधिक धनराशीको तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक नेपाल आईस सुदूरपश्चिम स्पोर्ट्स क्लबले शुक्रबार गोल्डकपको पूर्ण खेल तालिका सार्वजनिक गरेको हो । पुस २४ गतेदेखि माघ ५ गतेसम्म धनगढीमा हुने प्रतियोगितामा कुल ११ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीहरुलाई दुई पूलमा छुट्याएर खेल तालिका बनाइएको छ ।

आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लब सहित मेची नेत्रालय काकँरभित्ता झापा, नेपाल एपिएफ, भ्याली च्यासल युवा क्लब, रुस्लान थ्री स्टार र दिल्ली एफसी एकै पूलमा रहेका रहेका छन् । यो पूलबाट नेपाल एपिएफ र रुस्लान थ्रीस्टार पहिलो चरणमा बाई पाएर सिधैं क्वाटरफाईनलका खेल खेल्नेछन् ।

उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लब र मेची नेत्रालय काकँरभित्ता झापा बीच उद्घाटन खेल हुने छ । यो खेलको विजेताले क्वाटरफाईनलमा नेपाल एपिएफएसँग प्रतिस्पर्धा गर्नेछ । भ्याली च्यासल युवा क्लब र दिल्ली एफसीबीच हुने खेलको विजेता टोलीले क्वाटरफाईनलमा रुस्लान थ्रीस्टारसँग खेल्नेछ ।

अर्को पूलमा सिग्नेचर मनाङ मस्याङ्दी, सिएमजी संकटा, नेपाल पुलिस, गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही, मोरङ ११ स्पोर्टस क्लब र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब रहेका छन् । यो समुहबाट पनि सिग्नेचर मनाङ मस्याङ्दी र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब पनि पहिलो चरणमा बाई पाएर सिंधै क्वाटरफाईनलमा पुगेका छन् ।

मनाङले नेपाल पुलिस र मोरङ ११ स्पोर्टस क्लबको विजेतासँग सेमिफाईनल प्रवेशका लागि खेल्ने छ । क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लबले सेमिफाईनल जानका लागि सिएमजी संकटा र गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही बीचको विजेतासँग खेल्नेछ । दर्शकहरुका लागि टिकट दर क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० रुपैयाँ तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैयाँ तोकिएको छ ।

तेस्रो संस्करणको नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको विजेताले नगद २१ लाख र उपविजेताले नगद १० लाख हात पार्नेछ । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकलका साथै विधागत उत्कृष्टले जनही १५-१५ हजार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.