default_image

5 years ago

January 5, 2019

ट्रानमेरविरुद्ध टोटेनहमको सात गोल, लोरेन्टेको ह्याट्रिक

एजेन्सी – प्रिमियर लिग क्लब टोटेनहम हस्टपर एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । एफए कपको तेस्रो चरणमा टोटेनहमले दोस्रो श्रेणीको ट्रानमेर रोभर्समाथि ७–० को फराकिलो जित निकाल्दै चौथो चरणमा पुग्न सफल भएको हो । ट्रानमेरको घरेलु मैदानमा भएको खेलमा टोटेनहमको फराकिलो जितमा फर्नान्डो लोरेन्टेले ह्याट्रिक पूरा गर्दा सर्ज औरियरले २ गोल गरे । […]

27 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब टोटेनहम हस्टपर एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । एफए कपको तेस्रो चरणमा टोटेनहमले दोस्रो श्रेणीको ट्रानमेर रोभर्समाथि ७–० को फराकिलो जित निकाल्दै चौथो चरणमा पुग्न सफल भएको हो ।


ट्रानमेरको घरेलु मैदानमा भएको खेलमा टोटेनहमको फराकिलो जितमा फर्नान्डो लोरेन्टेले ह्याट्रिक पूरा गर्दा सर्ज औरियरले २ गोल गरे । ह्युङ मिन सन र ह्यारी केनले समान १ गोल गरे ।

एकपक्षीय बनेको खेलमा टोटेनहमले ४०औं मिनेटमा सर्ज औरियरको गोलबाट पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । त्यसपछि दृश्यमा फर्नान्डो लोरेन्टे छाए । उनले ४८औं मिनेटमा पहिलो गोल गरे ।

औरियरले ५५औं मिनेटमा गोल गरेपछि टोटेनहमले खेलमा ३–० को अग्रता बनायो । त्यसको दुई मिनेटपछि नै ह्युङ मिन सनले गोल थपेपछि टोटेनहम ४–० ले अघि बढ्यो ।

७१औं र ७२औं मिनेटमा लोरेन्टेले लगातार गोल गर्दै खेलमा ह्याट्रिक पुरा गरे । ८२औं मिनेटमा ह्यारी केनले गोल गरेपछि टोटेनहमले ७–० को फराकिलो जित निकाल्न सफल भयो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.