दिपक बोहोरा, पाँचथर
फिदिममा जारी रुस्लान दशौं फाल्गुनन्द गोल्डकपमा आइतबार भएको खेलमा आयोजक एनएमबि फिदिम स्र्पोटिङ क्लबले मोरङ ११ लाइ १–० ले हराउदै क्वाटर फाइनल प्रवेश गरेको छ । फिदिमको जितमा बिदेशि खेलाडी काँचीले गोल गरे ।
आइतबार फिदिम मा.बिको मैदानमा भएको खेलमा खेलमा आठौं मिनेटमा विदेशी खेलाडी काँचीले फिदिमका लागी गरेको गोलनै खेलको निर्णयक गोल बन्यो । निकै टाढाबाट फिदिमका नरेश सम्हाम्फेले गरेको प्रहार गोलरुक्षकले नियन्त्रण लिन नसक्दा रिवाउन्डमा आएको बललाइ काँचीले गोल गरेका थिए । निकै कमाजोर रक्षापङती भएको मोरङलाई फिदिमले पटक पटक आक्रमण गरे पनि गोल गर्न भने सकेन ।
पहिलो हाफमा केहि सुस्त देखिएको मोरङ दोश्रो हाफमा सुधारीएको प्रर्दशन गरेको थियो । ५३ औं मिनेटमा मोरङका साइमन लिम्बुले बराबरी गोल गर्ने अवसर गुमाए । दोश्रो हाफमा पटक पटक पाएको अवसर गुमाउदा मोरङ पहिलो खेलमै पराजित हुन पुग्यो ।
फिदिमका प्रविन जबेगु म्यान अफ दि म्याच बने । जबेगुले नगद दश हजार रुपैयाँ प्राप्त गरे । अघिल्लो संस्करणको सेमिफाइनलसम्म पुगेको मोरङ दशौं संस्करणमा पहिलो खेलमा नै पराजित हुन पुग्यो ।
खेलाडीहरुले पाएका धेरै अवसर गुमाउँदा पराजित हुन परेको मोरङका प्रशिक्षक करण कार्कीले बताए । आफ्नो खेलाडीहरु र विदेशी खेलाडीहरुको तालमेल मिल्दा नतिजा आफुहरुको पक्षमा आएको फिदिम स्पोर्टिङ क्लबका प्रशिक्षक भिष्म आङदेम्बेले जानकारी दिए ।
प्रतियोगितामा मोफसलका चर्चित क्लबहरु र ए डिभिजन सहित दश टिमको सहभागीता रहने छ । प्रतियोगितामा ए डिभिजन एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, ब्याइज युनियन क्लब, सरस्वती क्लब र मोफसलका सुनसरी ११,झापा ११, मोरङ ११,कर्ण्सिं सोनाम स्मृति क्लब ताप्लेजुङ, आयोजक फिदिम स्र्पो्टिङ क्लबको सहभागीता रहने आयोजकले बताएका छन् ।
पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख प्राप्त गनेछ ।
फाल्गुनन्द गोल्डकपमा सोमबार हुने खेल
एपिएफ बिरुद्ध झापा ११