default_image

5 years ago

January 6, 2019

सुनिल क्षेत्रीको दुई गोलमा भारतले थाइल्यान्डलाई हरायो

आवुधावी (एजेन्सी) – भेट्रान फरवार्ड तथा भारतको सर्वाधिक गोलकर्ता सुनिल क्षेत्रीको दुई गोलको मद्दतमा भारतले एसियन कप फुटबलमा थाइल्यान्डलाई ४–१ ले पराजित गरेको छ । भारतको जितमा सुनिल क्षेत्रीले दुई तथा अनिरुध थापा र जेजे लालपेख्लुले समान १ गोल गरे । पराजित टिमका लागि तिरासिल डाङ्दाले गोल गरे । सुनिल क्षेत्रीको पेनाल्टी गोलबाट भारतले २७औं […]

28 views

0 Bookmark

आवुधावी (एजेन्सी) – भेट्रान फरवार्ड तथा भारतको सर्वाधिक गोलकर्ता सुनिल क्षेत्रीको दुई गोलको मद्दतमा भारतले एसियन कप फुटबलमा थाइल्यान्डलाई ४–१ ले पराजित गरेको छ ।


भारतको जितमा सुनिल क्षेत्रीले दुई तथा अनिरुध थापा र जेजे लालपेख्लुले समान १ गोल गरे । पराजित टिमका लागि तिरासिल डाङ्दाले गोल गरे ।

सुनिल क्षेत्रीको पेनाल्टी गोलबाट भारतले २७औं मिनेटमा सुुरुवाती अग्रता बनाएको थियो । तर, भारतको त्यो अग्रता लामो समय टिकेन । ३३औं मिनेटमा थाइल्यान्डका तिरासिलले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको सुरुमै सुनिल क्षेत्रीले गोल गरेपछि भारतले खेलमा २–१ कोे अग्रता बनायो । यससँगै क्षेत्रीले आफ्नो अन्तर्राष्ट्रिय गोलसङ्ख्या ६७ पुर्याएका छन् । ६८औं मिनेटमा अनिरुध थापाले गोल गरे । ८०औं मिनेटमा जेजे लालपेख्लुले गोल गरेपछि भारतले ४–१ को सहज जित निकाल्यो ।

एसियन कपमा भारतको यो पहिलो जित हो । भारतले आठ खेल खेलेपनि अहिलेसम्म जित हात पार्न सफल भएको थिएन । आठौं प्रतिस्पर्धामा भारतको यो पहिलो जित हो ।

पछिल्लो सात खेलमा भारतले १ बराबरी र ६ हारको नतिजा निकालेको थियो । जितसँगै भारत समूह ‘ए’ मा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यही समूहको शनिबार भएको खेलमा युएई र बहराइनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.