7 years ago
January 7, 2019
दिपक बोहोरा, पाँचथर
फिदिममा जारी सुरु दशौं रुस्लान फाल्गुनन्द गोल्डकपमा झापा ११ ले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको छ । सोमबार झापाको जितमा कार्ण लिम्बुले दुई र दिलेन लोक्तानले एक गोल गरे ।

जुनियर खेलाडीको बाहुल्यता रहेको एपीएफ टोली पहिलो खेलमै पराजित हुन पुग्यो । खेलमा २३ औं मिनेटमा देवेन्द्र तामाङको पासमा कर्ण लिम्बुले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा एपिएफका लागी मनिष लामाले बराबरी गोल फर्काए । मनिसले कुमार डंगोलको पासमा गोल गरेका थिए ।
खेलको ३८ औं मिनेटमा दिलेन लोक्तानले गोल गर्दै झापाको अग्रता पुन: स्थापना गरे । ८५ औं मिनेटमा दिलेनको क्रसमा कर्णले व्यक्तिगत दोस्रो गोल गर्दै झापाको अग्रता दोब्बर पारे । यस जितसँगै झापा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
पहिलो हाफमा निकै दबाबमा रहेको एपिएफले दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेपनि गोल खान पुगेको थियो । झापाका फरवार्ड कर्णले पाएका अन्य अवसर चुकाउँदा ह्याट्रिक गर्न सकेनन् । पहिलो हाफमा झापाका गोलरक्षक मनोज प्रधानले केहि उत्कृष्ट बचाउ गरेका थिए । खेलमा दुई गोल गरेका झापाका कर्ण लिम्बु म्यान अफ दि म्याच बन्दै दश हजार रुपैयाँ प्राप्त गरे ।
खेलाडीहरुको प्रर्दशन राम्रो रहे पनि स्कोर गर्न नसक्दा पराजित हुन परेको एपिएफका प्रशिक्षक सुदिप श्रेष्ठले बताए । खेल मैदानको राम्रो अनुभव र एपीएफ आफुहरुको स्तरको नभएकाले सहज जित हात पारेको झापाका प्रशिक्षक प्रवेश कटुवालले बताए ।
प्रतियोगितामा मोफसलका चर्चित क्लबहरु र ए डिभिजन सहित दश टिमको सहभागीता रहेको छ । पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्येको फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख प्राप्त गर्ने छ ।
फाल्गुनन्द गोल्डकपमा मंगलबार हुने खेल :
एनएमबि फिदिम सपोर्टिङ क्लब विरुद्ध त्रिभुबन आर्मी क्लब
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]