7 years ago
January 8, 2019
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका जर्मन मिडफिल्डर टोनी क्रुस तिघ्राको चोटका कारण झन्डै एक महिना मैदानबाहिर रहने भएका छन् । यसअघि विंगरद्वय ग्यारेथ बेल र मार्को एसेन्सियोलाई गुमाएको रियललाई थप धक्का पुगेको छ ।

आइतबार लिग अन्तर्गत रियल सोसीडाडविरुद्ध २-० को हार बेहोर्दा क्रुस अन्तिम १० मिनेट बाँकी हुँदा मैदान छाड्न बाध्य भएका थिए । उक्त नतिजासँगै रियल अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ । बार्सिलोनाले रियलसँग १० अंकको अग्रता कायम गरिसकेको छ । क्रुसको चोटले रियलको मिडफिल्डमा थप समस्या पर्ने भएको छ ।
रियल म्याड्रिडले क्रुसको विषयमा विज्ञप्ति नै जारी गरेको छ । ‘क्रुसको तिघ्रामा लागेको चोटको विस्तृत स्वास्थ्य परिक्षणले उनको मांसपेशीमा समस्या दोस्रो श्रेणीको च्यातिएको देखिएको छ । उनको स्वास्थ्य अवस्थामा नियमित निरिक्षण क्लबले गर्नेछ ।’
दोस्रो श्रेणीको मांशपेसी च्यातिनु भनेको ३ देखि ६ सातासम्म विश्राममा बस्नुपर्ने हुन्छ । तेस्रो श्रेणी च्यातिंदा भने ठिक हुन ३ महिनासम्म लाग्छ । क्रुसले अब कोपा डेल रे अन्तर्गत लेगानेसविरुद्ध दुवै खेल गुमाउने छन् । उनले लिगमा पनि रियल बेटिस र सेभिल्लाविरुद्ध खेल्ने छैनन् । उनले फेब्रुअरीमा हुने च्याम्पियन्स लिगको लागि भने टोलीमा फर्कने आशा देखेका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]