7 years ago
January 8, 2019
धनगढी (हाम्रो खेलकुद) – काक्करभीट्टाका गोलरक्षक दिप कार्कीले उत्कृष्ट खेल प्रदर्शन गर्दै २ पेनाल्टी प्रहार बचाएपछि मेची नेत्रालय काक्करभीट्टा ट्रेनिङ सेन्टरले तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम ११ क्लबलाई पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि सडन डेथमा काक्करभीट्टाले ७-६ को जित दर्ता गर्यो ।

निर्धारित समयमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । आयोजकका राकेश हमालले सुपको तेस्रो प्रहार चुकाउँदा काक्करभीट्टाका कप्तान खामिर गिल्सानले पाँचौ प्रहारमा गोल गर्न सकेनन् । सडन डेथमा लावल ओलाकानको प्रहार अकासिएपछि काक्करभीट्टाको जित पक्का भएको थियो । त्यसअघि सडन डेथमा नै सुदूरका माधव भण्डारीको प्रहारलाई दिप कार्कीले उत्कृष्ट बचाउ गर्दै सुदूरलाई जित दर्ता गर्न दिएनन् ।
दिपले त्यसअघि सुदूरका राकेश हमालको प्रहार पनि बचाएका थिए । सुदूरका लागि अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिप तामाङ र चेतन कुमार थारुले गोल गरे । काक्करभीट्टाका भुषण लिम्बू, अजित गुरुङ, विश्वास श्रेष्ठ, दिप कार्की, निशान लिम्बू, विकास राई र विशाल राईले गोल गरे । कप्तान खामिर गिल्सान र लक्ष्मण जिसीको प्रहार भने गोल हुन सकेन ।
धनगढी रंगशालामा मंगलबार खेलको अधिकांश समय आक्रामक रणनीतिमा खेलेको घरेलु टोलीले गोल गर्न भने सकेन । खेलको दशौं मिनेटमा नै विनोद केसीको प्रहारमा राम्रो नियन्त्रण नहुँदा फुस्केको बलमा अब्दुल रहमानले गरेको प्रहार गोलरक्षक दीप कार्कीले सहजै बचाए । २३ औं मिनेटमा विनोद केसीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको भली प्रहारलाई गोलरक्षक दीपले उत्कृष्ट डाइभ दिएर विफल पारे । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गियो ।
दोस्रो हाफको पाँचौ मिनेटमा चेतन थारुले गरेको हाफ भलीलाई गोलरक्षक दीपले बचाए । नवौं मिनेटमा भुषण लिम्बूको फ्रिकिकमा विकास राईको हेडरले पोस्टको दिशा लिन सकेन । खेलको अन्तिम समयमा विनोद केसीको प्रहार डिफेन्सलाई लागेर फर्कंदा रिबाउन्डमा आएको बलमा माधव भण्डारीले गोल गर्न सकेनन् ।
विजयी टोलीका प्रशिक्षक कर्ण थापामगरले प्रशिक्षणको समय नपाउँदा खेलाडीमा समन्वय नभएको बताए । ‘ हामीले अधिकांश समय दबाबमा रहेपनि जित दर्ता गर्यौं । प्रशिक्षणको समय नपाउँदा टोलीमा समन्वयको कमि देखियो । अब तीन दिन समय पाएका छौं, प्रशिक्षणमा मिहिनेत गरेर अर्को खेलको लागि तयार हुनेछौं ,’ उनले भने । त्यसअघि प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका काक्करभीट्टाका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ हात पारे । विजेता टोली काक्करभीट्टाले अब पुष २८ गते क्वाटरफाइनलमा एपीएफको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार हुने खेलमा नेपाल पुलिस क्लबले मोरङ-११ को सामना गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]