default_image

7 years ago

January 9, 2019

लिग उपविजेता सीएमजी संकटा बैंकक जाने !

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको दोस्रो टोली सिएमजी क्लब संकटाले आफ्नो खेलाडीलाई मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड भ्रमणमा लाने भएको छ ।

लिगमा दोस्रो भएको अवसरमा मंगलबार खेलाडीको सम्मानमा रात्री भोजको आयोजना गरेको संकटाले टोलीलाई बैंकक लाने घोषणा गरेको हो । यद्दपी भ्रमणको मिति भने तय हुन बाँकी रहेको संकटाका अध्यक्ष इन्द्रमान तुलाधारले बताए । लिगमा संकटाले भने १३ खेलमा २८ अंक जोड्दै दोस्रो स्थान सफल रहयो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खेलाडीलाई सम्मान गरेको कार्यक्रममा भने, ‘हाम्रा खेलाडीले क्लबलाई ठूलो सफलता दिलाएका छन् । हामी खेलाडीको भावना अनुरुप बैंकक भ्रमणमा जानेछौं । अब केहि समय भने मोफसलमा हुने नकआउट प्रतियोगितामा केन्द्रित हुनुपर्नेछ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव समेत रहेका तुलाधारले संकटाले विदेशी भूमिमा अर्को ठूलो प्रतियोगिता पनि खेल्ने अवसर पाउने बताएका छन् । उनले भने, लिग विजेता सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप खेल्नेछ । लिगका चौथो स्थान सम्म प्राप्त गर्ने टोलीलाई विदेशी भूमिमा प्रतियोगिता खेल्न पठाउने लक्ष्य राखेको छ । त्यसमा संकटाले पनि बाहिर खेल्न पाउनेछ ।

सोही अवसरमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले देशभर फुटबल विकासको लहरका लागि एन्फा प्रयासरत रहेको र त्यसमा स्थानिय सरकारको सहयोग आवश्यकता रहेको औल्याए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.