7 years ago
January 9, 2019
दिपक बोहोरा, पाँचथर
साविक विजेता सुनसरी ११ लाई २–१ ले हराउँदै ए डिभिजन क्लब सरस्वती क्लब फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सरस्वतीको जितमा दुवै गोल विदेशी भिक्टोरले गरे ।

मंगलबार फिदिम माविको मैदानमा सुरुवाती अग्रता लिएपनि अन्तिम १५ मिनेट सम्हालिन नसक्दा सुनसरी पराजित हुन पुग्यो । खेलको आठौं मिनेटमा दिपेन तामाङले गोल गर्दै सुनसरीलाइ अग्रता दिलाएका थिए । उमेश राईको क्रसमा तामाङले गोल गरेका थिए ।
तर ७६ औं मिनेटमा भिक्टोरले गोल गर्दै सरस्वतीलाइ खेलमा फर्काएका थिए । वन भर्सेस वनको अवस्थामा भिक्टोरले गोल गरेका थिए । त्यसको चार मिनेट पछि काउन्टर अट्याकमा गोल गर्दै भिक्टोरले सरस्वतीलाइ अर्को चरण पुर्याए । पहिलो हाफमा निकै आक्रमक सुरुवात गरेको सुनसरी दोस्रो हाफमा दबाबमा परेको थियो । दोस्रो हाफमा सरस्वतीले निरन्तर आक्रमण गरेको थियो । पहिलो हाफमा सुनसरीका गोलरक्षकले भिक्टोरका शक्तिशाली प्रहारहरु बचाएका थिए । खेलमा दुई गोल गरेका भिक्टोर म्यान अफ दि म्याच बने । उन नगद दश हजार प्राप्त गरे ।
खेलाडीहरुले राम्रो प्रदर्शन गरेपनि स्कोर गर्न नसक्दा पराजित भएको सुनसरीका प्रशिक्षक श्याम मानन्धरले बताए । खेल मैदानको अनुभव नहुँदा खेल्न असहज भए पनि जित हात पार्दा खुसी रहेको सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले जानकारी दिए । पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख प्राप्त गर्ने छ ।
फाल्गुनन्द गोल्डकपमा बिहीबारको खेल :
ब्याइज युनिय क्लब रोयल एफ.सि क्लब दार्जीलीङ
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]