default_image

7 years ago

January 10, 2019

ब्वाइज युनियनलाई हराउँदै दार्जिलिङ सेमिफाइनलमा

117 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकपमा डिभाइन ब्वाइज युनियन क्लब काठमाण्डौं लाई २–० ले हराउँदै रोयल फुटबल क्लब दार्जिलीङ सेमिफाइनल प्रबेश गरेको छ दार्जिलिङको जितमा करन राईले दुवै गोल गरे ।

फाइनल प्रबेशका लागी दार्जिलिङले त्रिभुवन आर्मी क्लब संग प्रतिस्पर्धा गर्ने छ । दार्जिलिङको जितसंगै दशौं फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । झापा ११, त्रिभुवन आर्मी, सरस्वती युथ क्लब यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

बिहिबार फिदिम माविको खेलमैदनमा १६ औं मिनेटमा करन राईको गोलबाट दार्जिलिङले अग्रता बनाएको थियो । सिद्धात क्षेत्रिको क्रसमा राईले गोल गरेका थिए । २० औं मिनेटमा दार्जिलीङका करनले गोलको सुन्दर अवसर गुमाए । ५४ औं मिनेटमा दाजिलीङका करन राईको शक्तिशाली प्रहार युनियनका गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।  लगत्तै दार्जिलीङका सिद्धान्त क्षेत्रिले वन भर्सेज वनमा गोल गर्न चुके ।

६२ औं मिनेटमा युनियनका सकल रेग्मीको सुन्दर फ्रिकिक बारमा लागेर फर्किदा युनियन बराबरी गर्नबाट चुक्यो । ७४ औं मिनेटमा दार्जिलिङका करनले पुन: गोल गर्दै दार्जिलिङलाई अर्को चरण पुर्याए । सुरु देखिनै दवाबमा खेलेको ब्वाइज युनियनले पाए केहि राम्रा अवसर गुमाउँदा पराजित हुन पुग्यो । खेलमा दुई गोल गरेका दार्जिलिङका करन राई म्यान अफ दि म्याच बने । उनले दश हजार रुपैयाँ प्राप्त गरे ।

विदेेेशी खेलाडीहरु खेल्न नसक्दा पराजित हुन परेको युनियनका प्रशिक्षक विजय मर्हजनले बताए । खेलाडीहरुले सोचे अनुरुप खेल्न नसके पनि नतिजा आफ्नो पक्षमा आएकोमा खुसि रहेको रोयल फुटबल क्लब दार्जिलिङका प्रशिक्षक सचिन्द्र धिमालले जानकारी दिए ।

प्रतियोगितामा मोफसलका चर्चित क्लबहरु र ए डिभिजन सहित दश टिमको सहभागीता रहने छ । पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख प्राप्त गर्नेछ ।

फाल्गुनन्द गोल्डकपमा शुक्रबार हुने खेल :

सरस्वती युथ क्लब र झापा-११

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.