7 years ago
January 11, 2019
दिपक बोहरा, पाँचथर
दशौं रुस्लान गोल्डकप प्रतियोगितामा आजबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछन् । हिजो सम्पन्न भएको अन्तिम क्वाटरफाइनलमा ब्वाइज युनियन लाइ हराउँदै दार्जिलिङ सेमिफाइनल प्रवेश गरेसंगै सेमिफाइनलको समिकरण पुरा भएको हो । झापा ११ फुटबल क्लब,सरस्वती युथ क्लब, त्रिभुवन आर्मी क्लब यस अघिनै सेमिफाइनल पुगिसकेका थिए ।

भर्खर सम्पन्न ए डिभिजन लिगमा नवौं स्थानमा रहेर लिग सकेको सरस्वती मैदानमा उच्च मनोबलका साथ मैदान प्रबेश गर्न चाहान्छ । भिक्टोर, तिर्थ बस्नेत लगायतका खेलाडीहरु उसका लागी जितको मुख्य हतियार हुनेछन् । यता झापाका लागी कर्ण लिम्बु, देवेन्द्र तामाङ, पुजन उपरकोटी लगायत खेलाडीहरुको साथ रहनेछ ।
आज हुने पहिलो सेमिफाइन खेलमा ए डिभिजनको क्लब सरस्वती युथ क्लब र झापा ११ फुटबलल बिच फाइनल यात्राको लागी प्रतिस्पर्धा हुँदैछ । झापा ११ ले आफ्नो पहिलो खेलमा कर्णसिं सोनाम स्मृति क्लब लाइ र दोश्रो खेलमा बिभागीय टिम एपिएफलाई हराउदै सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । सरस्वती क्लब भने साबिक विजेता समेत रहेको सुनसरीलाई हराएर सेमिफाइनल सम्मको यात्रा तय गरेको हो ।
फिदिमको मैदान संग परिचित भएको र अघिल्लो संस्करणहरुमा पनि सफल भएकले सरस्वती संगको खेल सहज हुने झापाका प्रशिक्षक प्रवेश कटुवालले बताए । झापालाई फिदिमे दर्शकको पनि साथ रहेने भएकाले सफलता हात लाग्ने कटुवालले बताए । यता सरस्वतीले पनि तयारी राम्रो भएकाले खेल सहज हुने सरस्वतीका प्रशिक्षकले ।
विदेशी खेलाडीहरु पनि टिममा भएकाले टिमवर्क राम्रो भएकाले नजिता आफ्नो पक्षमा आउनेमा विश्वाश रहेको सरस्वतीका प्रशिक्षकले बताए । फुटबलमा जुनै नतिजा आउन सक्ने भएकाले त्यसलाइ स्विकार गर्नु पर्ने दुबै टिमका प्रशिक्षकहरुले बताए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]