7 years ago
January 11, 2019
दिपक बोहोरा, पाँचथर
दशौं रुस्लान फाल्गुनन्द गोल्डकपको पहिलो सेमिफाइनल खेलमा ए डिभिजन क्लब सरस्वती युथ क्लबलाइ हराउँदै झापा ११ फुटबल क्लब उपाधिका नजिक पुगेको छ ।

सरस्वती क्लबलाई १–० ले हराउँदै झापा उपाधि नजिक पुगेको हो । झापा उपाधिबाट अब एक कदममात्र पछि रहेको छ । झापाको जितमा कर्ण लिम्बूले बिजयी गोल गरे । झापाले अब भोली हुने त्रिभुवन आर्मी र रोयल फुटबल क्लब दार्जिलिङ बिचको बिचको बिजेता संग उपाधिको लागी प्रतिस्पर्धा गर्ने छ ।
शुक्रबार भएकोे सेमिफाइनल खेलमा पहिलो हाफ शुन्यको बराबरीमा सकिएको थियो । ५४ औं मिनेटमा देबेन्द्र तामाङले प्रहार गरेको फ्रिकिकमा गोल गर्दै कर्णले झापालाइ अग्रता दिलाए । पहिलो हाफमा झापाले गोलका केहि अवसर गुमाएको थियो । दोश्रो हाफमा दर्जन बढी अवसर गुमाउदा सरस्वती पराजित हुन पुग्यो ।
७१ औं मिनेटमा तिर्थ बस्नेतको प्रहार पोलबाट थोरै बाहिरीँदा सरस्वतीले बराबरी गर्ने अवसर गुमायो । सरस्वतीका विदेशी खेलाडी फ्रन्सीसले दोश्रो हाफमा पाएका पाँच सुन्दर अवसर गुमाउदा सरस्वती अभागी साबित हुन ।
झापाका दिलेन लोक्तान म्यान अफ दि म्याच बने । उन नगद दश हजार प्राप्त गरे । खेलाडीहरुले राम्रो खले पनि स्कोर गर्न नसक्दा पराजित भएको सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले बताए । खेल सोचे अनुरुप नभए पनि सफलता प्राप्त गरेकामा खुसी रहेको झापाका प्रशिक्षक प्रबेश कटुवालले बताए । फाइनल खेलमा आजको गल्ती सुधार गर्दै उपाधि जितले कटुवालको भनाइ रहेको छ ।
प्रतियोगितामा मोफसलका चर्चित क्लबहरु र ए डिभिजन सहित दश टिमको सहभागीता रहेको छ । पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख प्राप्त गर्ने छ ।
फाल्गुनन्द गोल्डकपमा शनिबारको खेल
त्रिभुवन आर्मी र रोयल एफ.सि क्लब दार्जीलीङ
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]