default_image

7 years ago

January 11, 2019

एसियन कपमा अष्ट्रेलियाको पहिलो जित

148 views

0 Bookmark

एजेन्सी – एसियन पावर हाउस अष्ट्रेलियाले एसियन कप फुटबलमा पहिलो जित निकालेको छ । पहिलो खेलमा जोर्डनसँग १–० ले स्तब्ध भएको अष्ट्रेलियाले दोस्रो खेलमा प्यालेस्टाइनलाई ३–० ले पराजित गर्दै पहिलो जित निकालेको हो ।


युनाइटेड अरब इमिरेट्स (युएईं) मा जारी प्रतियोगितामा अष्ट्रेलियालाई पहिलो जित दिलाउन जेमी माकलरेन, एवेर मविल र एपोस्टोलोस जियानोउले गोल गरे ।

दुवईस्थित माक्टोम विन रसिद अल माक्टोम रंगशालामा शुक्रबार भएको खेलमा अष्ट्रेलियाले खेलको १८औं मिनेटमा जेमी माकलरेनको गोलबाट अग्रता बनाएको थियो । उनले टोन रोजिकको पासलाई सदुपयोग गरेका थिए । २०औं मिनेटमा क्रिस्टोफोरको पासमा एवेर मविलले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा एपोस्टोलोस जियानोउले गोल गर्दै अष्ट्रेलियालाई ३–० को जित दिलाए ।
जितपछि अष्ट्रेलियाले समूह ‘बी’ मा ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । अपराजित रहेको जोर्डन ६ अंक जोडेर लिगको शीर्षस्थानमा रहेको छ । सिरिया र प्यालेस्टाइन १–१ अंक जोडेर तेस्रो र चौथो स्थानमा छ ।


शुक्रबारै भएको एसियन कपको अर्काे खेलमा चीनले फिलिपिन्समाथि ३–० को सहज जित निकालेको छ । चीनको सहज जितमा लिइ वुले २ तथा दावाओ युले एक गोल गरे ।
जितसँगै चीनले समूह ‘सी’ मा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । लगातार दोस्रो हार बेहोरेको फिलिपिन्स अंक विहीन हुदै पुछारमा छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.