7 years ago
January 12, 2019
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका पूर्वखेलाडी एवं बार्सिलोना मिडफिल्डर फिलिपे कोउटिन्होले क्लब छाड्ने सम्भावना बढेको छ । पछिल्लो समय बार्सिलोनाको पहिलो रोजाईमा पर्न संघर्षरत रहेपछि मिडफिल्डरले क्लब छाड्ने हल्ला चलेको हो ।

कोउटिन्होले यस सिजन जम्मा ९ खेल सुरुवात गर्दै ४ गोल गरेका छन् । प्रशिक्षक एर्नेस्टो भालभेर्डेले कोउटिन्होलाई पहिलो रोजाईमा राख्न छाडेसँगै उनी क्लब छाड्ने सम्भावना बढेको हो । मोटो रकममा क्याटलान क्लब आएका कोउटिन्होको यस अवस्थालाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले नजीकबाट नियालेको बुझिएको छ । उनलाई बार्सिलोनाले सन् २०१८ जनवरीमा १ सय ४३ मिलियन पाउण्डमा खरिद गरेको थियो ।
बार्सिलोनाले पनि पछिल्लो समय पूर्वखेलाडी नेयमारलाई भित्र्याउने अन्तरिक तयारी गरिरहेको बुझिएको छ । त्यसका लागि चाहिने रकम कोउटिन्होको ट्रान्सफरबाट उठाउने क्लबले लक्ष्य राखेको छ । नेयमार सन् २०१७ को ट्रान्सफर विन्डोमा झन्डै २ सय मिलियन पाउण्डमा पेरिस सेन्ट जर्मेन (पीएसजी) तर्फ लागेका थिए । पछिल्लो समय फ्रान्सेली क्लबमा प्रतिस्पर्धा बढेपछि नेयमारले बार्सिलोना फर्कने इच्छा देखाएको हल्ला चालेको छ ।
यद्यपि नेयमार र कोउटिन्हो दुवैले आ-आफ्नो क्लबमा लामो समयका लागि सम्झौता गरेका छन् । पीएसजीले नेयमारलाई सन् २०२२ सम्म सम्झौतामा बाँधेको छ भने कोउटिन्हो पनि २०२३ सम्म बार्सिलोनाकै अनुबन्धनमा रहनेछन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]