default_image

5 years ago

February 10, 2019

संघर्षपूर्ण जितमा पीएसजीलाई चोटको पिरलो

36 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत शनिबार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बोर्डोलाई १-० ले पराजित गर्यो । तर खेलमा दुई महत्त्वपूर्ण खेलाडी घाइते हुँदै बाहिरीपछि पीएसजीलाई ठूलो समस्या परेको छ ।

खेलको ४२ औं मिनेटमा पेनाल्टीमार्फत एडिन्सन कभानीले गरेको गोल नै पीएसजीको जितमा निर्णायक बनेको हो । तर उनी कभानी दोस्रो हाफमा तिघ्रामा चोट बोक्दै बाहिरीपछि पीएसजी समस्यामा परेको छ । यसअघि नै ब्राजिलियन स्टार नेयमारलाई गुमाएको पीएसजीले च्याम्पियन्स लिगमा मंगलबार म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।

शनिबारकै खेलमा डिफेन्डर थोमस मुनिएर पनि चोटका कारण बाहिरिनु पर्यो । उनको टाउकोमा चोट लागेपछि मैदान छाडेका थिए । किलियन एमबाप्पेलाई विश्राम दिइएपनि कभानीको चोटपछि उनी मैदान प्रवेश गरेका थिए । अब मंगलबार हुने खेलमा उनले नै पीएसजीकोअग्रपंक्ति सम्हाल्ने सम्भावना बढेको छ ।

पीएसजीले लिगको २२ खेलमा ५९ अंक जोड्दै शीर्ष स्थानमा बलियो पकड जमाएको छ । दोस्रो स्थानको लिलले एक खेल बढी खेल्दै ४६ अंक जोडेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.