7 years ago
February 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गर्दै क्यामरुनको दाउफिन्स फुटबल क्लबले मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा आइतबार भएको फाइनलमा दाउफिन्स १-० ले विजयी भयो ।

दाउफिन्सका लागि विदेशी खेलाडी यानिक ओवानाले दोस्रो हाफको ५३ औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । उनी फाइनल खेलका म्यान अफ द म्याच पनि भए ।
क्यामरुनको टोली दाउफिन्सले नेपालमा खेलेको तेस्रो प्रतियोगितामा उपाधि जित्न सफल भएको हो । यसअघी खेलेका दुवै प्रतियोगितामा टोली पहिलो खेलमा पराजित भएको थियो ।
नेपाल एपीएफले जापानको रोस्सो विश्वविद्यालयलाई हराउँदै फाइनल पुगेको थियो । दाउफिन्सले भने मनाङ मर्स्याङदीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेता दाउफिन्सले उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । एपीएफले ४ लाखमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका राजु नगरकोटीले मोटरसाइकल प्राप्त गरे ।
प्रतियोगिताको विधागत उत्कृष्ट:
गोलरक्षक – राजु नगरकोटी (एपीएफ)
डिफेन्डर – रमेश दंगाल (एपीएफ)
मिडफिल्डर – हेमन गुरुङ (मनाङ)
फरवार्ड – यानिक ओवाना (दाउफिन्स)
प्रशिक्षक – राजेन्द्र तामाङ (एपीएफ)
जनही २५ हजार रुपैयाँ


November 7, 2025
दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]


November 7, 2025
रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]