काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देही जिल्ला फुटबल संघले बुटवलमा एन्फा रेफ्री कोर्ष २०७५ आयोजना गरेको छ । फागुन ६ देखि १२ सम्म चल्ने कोर्षमा २५ रेफ्रीले सहभागिता जनाएका छन् ।

अखिल नेपाल फुटबल संघको सहयोगमा भएको कोर्षमा केन्द्रबाट मुख्य इन्सट्रक्टरका रुपमा पूर्व फिफा रेफ्री श्रीराम रंजितकार र इन्सट्रक्टरको भूमिकामा पूर्व फिफा रेफ्री लव खत्री रहेका छन् । फिफा सहायक रेफ्री रोजेन श्रेष्ठले पनि कोर्षमा सहयोग गर्नेछन् ।
सोमबार एक कार्यक्रमबीच रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले जिल्लामै कुशल रेफ्री उत्पादनका लागि कोर्षको योजना गरिएको बताए । एक साता चल्ने कोर्षमा सहभागीहरुले प्रयोगात्मक र सैद्धान्तिक दुवै पक्षमा ग्यान हासिल गर्नेछन् ।