7 years ago
February 21, 2019
एजेन्सी – म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगमा जर्मन क्लब साल्केलाई ३-२ ले पराजित गरेको छ । खेलको अन्तिम २० मिनेटमा १० खेलाडीमा सिमित सिटीले अन्तिम ५ मिनेटमा २ गोल गरेको थियो ।

खेलको १८ औं मिनेटमा सर्जियो अगुएरोले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा घरेलु टोली साल्केका लागि नाबिल बेन्टालेबले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । पहिलो हाफको अन्तिम मिनेटमा साल्केले फेरी अग्रता लियो । पेनाल्टीमै बेन्टालेबले गोल गर्दै साल्केलाई अगाडी बढाए ।
दोस्रो हाफको ६८ औं मिनेटमा दोहोरो पहेंलो कार्ड पाएपछि सिटीले डिफेन्डर निकोलस ओटामेन्डीलाई गुमायो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका लेरोय सानेले ८५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । अन्तिम मिनेटमा रहिम स्टरलिङले गोल गरेपछि सिटीको जित पक्का भएको हो ।
सिटीले जर्मन टोलीविरुद्ध सन् २०१४ देखि हार बेहोरेको छैन । अगुएरोले पछिल्लो ७ खेलमा १० गोल गरेका छन् । उनी सन् २०१९ मा ११ गोल गर्दै शीर्ष ५ लिगका सर्वाधिक गोलकर्ता पनि हुन् । यससँगै साल्केको युरोपमा ९ खेलको अपराजित यात्रा टुंगिएको छ । दोस्रो लेगको खेल १२ मार्चमा इतिहाद रंगशालामा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]