गत राती भएको ला लिगाको खेलहरुमा स्पेनका तीन ठुला क्लबहरुले जीत आत्मसाथ गरेका छन । बार्सिलोनाले गिजोनलाई ६-०ले, रियल म्याड्रीड्ले भालेकानोलाई ३-२ र एट्लेटिको म्याड्रीड्ले मालागालाई १-०ले पराजित गरेको थियो ।
जित पश्चात बार्सिलोना पहिलो स्थानमै कायम रहेको छ, एट्लेटिको म्याड्रीड् गोल डिफ्रेन्सको आधारमा मात्र बार्सिलोनाभन्दा पछी रहेको छ भने समान खेल १ अंक कम भएर रियल तेस्रो स्थानमा रहेको छ । बार्सिलोनाको फराकिलो जितमा सुआरेजले ४, नेमार र मेस्सिले एक-एक गोल गरेका थिए ।
अर्को खेलमा रियल म्याड्रीड्ले मुस्किल ले भालेकानोसँग ३-२को जित निकाल्न सफल भयो । १४ मिनटमै २-०ले पछी परेको म्याड्रीड्को लागि बेलले २ र भज्केजले १ गोल गरेका थिए । दोस्रो स्थानमा रहेको एट्लेटिकोले पहिलो गोलको लागि ६२ मिनट सम्म कुर्न परेको थियो र उक्त गोलनै तीन पोइन्टको लागि काफी भएको थियो । उक्त गोल एन्जल कोरियाले गरेका थिए ।
आब स्पेनिश लिगमा ३ खेल मात्र बांकी रहेको छ ।