10 years ago
April 24, 2016
युनाइटेड (एजेन्सी)
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक लुइस भान हालले आफ्नो भविष्यका बारेमा क्लबले निर्णय गर्ने बताएका छन् । एएफ कप क्लबले जितेको खण्डमा पनि उनीले प्रशिक्षकमा निरन्तरता पाउनछन् पाउदैनन् भन्नेमा चासो भइरहँदा भान हालले भनेका छन्, म भविष्यका बारेमा होइन, अहिलेको प्रतिस्पर्धाका बारेमा सोचिरहेको छु । उनको क्लबसँगको सम्झौता अझै एक बर्षको बाँकी रहेपनि उनलाई सिजनको अन्त्यपछि हटाइने चर्चा छ ।
एन्थोनी मार्सेलले निर्णायगोल गरेपछि एभर्टनलाई २-१हराउँदै युनाइटेड शनिबार एएफए कपको फाइनलमा प्रवेश गरेको छ । माराउने फेलानीको गोलबाट युनाइटेडले ३४ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । ५७ औं मिनेटमा एभर्टनले बराबरीको अवसर पाएको थियो । तर युनाइटेडका गोलकिपर डेभिड डि जियाले लुकाकुको पेनाल्टी रोकेका थिए । तर ७५ औं मिनेटमा युनाइटेडका क्रिस स्मलिड्ले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी भएको थियो ।
थप समयतर्फ अघि बढ्ने सम्भावना देखिएको खेलमा मार्सेलले इन्जुरी समयमा गोल गर्दै युनाइटेडको जित पक्का पारे । अर्को सेमिफाइनलमा आज क्रिस्टल प्यालेस र वाटफोर्ड बीच प्रतिस्पर्धा हुनेछ ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]