default_image

5 years ago

February 27, 2019

मेसीप्रति आभारी नेयमार

52 views

0 Bookmark

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमारले बार्सिलोनाका पूर्व सहकर्मी लियोन मेसी प्रतिको सम्मानको कारण प्रष्ट पारेका छन् । बार्सिलोना पुगेपछि मेसीले स्पेनिस क्लबमा स्थापित हुन कसरी मद्दत गर्ने भन्ने विषयमा नेयमारले बोलेका छन् ।

बार्सिलोनामा ४ सिजन रहँदा नेयमारले मेस्सी र लुइस स्वारेजसँग सफल साझेदारी निभाएका थिए । उनीहरुको जोडीले २ पटक ला लिगा, एक पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

बार्सिलोनाबाट गत सिजनको सुरुवातामा नेयमार पिएसजी पुगेका थिए । बार्सिलोना फर्कने विषयमा नेयमारले स्पेन फर्कने सम्भावना कम रहेको बताएका थिए । तर उनले मेसीले आफुलाई गरेको सहयोग भने कहिल्यै भुल्न नसक्ने बताएका छन् ।

‘यो कुरा मैले सबैलाई भनेको छु । जति बेला मलाई सहयोगको जरुरी थियो । त्यहि मान्छे हो जो विश्वकै उत्कृष्ट छ । उसले मलाई माया गरे’, नेयमारले भने, ‘साच्चै कठिन समय थियो । इमान्दार भएर भन्नपर्दा बार्सिलोनामा मेसी मेरो लागि विशेष थिए ।’

उनले बार्सिलोनामा हुँदाको स्मरण गर्दै भने, ‘उनले मसँग कुरा गरे । उनले तिमि यहाँ पनि त्यति नै खुसी हुन सक्छौं । जति सान्तोषमा थियौ भनेका थिए । लाज नमान, क्लबमा मसँग वा अरुसँग डराउन पर्दैन । हामी तिमिलिाई सहयोग गर्छौ । ‘

यदि बार्सिलोनाले नेयमारलाई भित्राउन चाहेको खण्डमा ठूलो रकम खर्च गर्न पर्ने हुनेछ । नेयमार विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पिएसजी पुगेका थिए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.