default_image

5 years ago

March 1, 2019

दमनशील दाउफिन्स !

71 views

0 Bookmark

सुबास हुमागाईं, पोखरा

पछिल्लो समय नेपाली फुटबलमा ‘दाउफिन्स फुटबल क्लब’ नामक एक क्लब निकै चर्चामा छ । मोफसलका ६ प्रतियोगिता खेल्दै तीन उपाधि जितेको दाउफिन्सको आधिकारिकतामा एन्फाले नै लगातार प्रश्न उठाउँदा टोलीको सहभागिता भने नियमित नै रहेको छ ।

आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले दाउफिन्सलाई १-० ले पराजित गर्दै लगातार उपाधिको सिलसिलालाई पूर्णविराम लगायो । सेमिफाइनल खेल नतिजामा हेर्दा जति कठिन देखिन्छ, मैदानमा त्योभन्दा धेरै कठिन रहयो । आर्मीविरुद्ध रेफ्री सुदिश पाण्डेले दाउफिन्सका एक खेलाडीलाई दोहोरो पहेंलो कार्डको रातो कार्डसहित कुल ७ पहेंलो कार्ड देखाए । त्यसबाहेक खेलमा थुप्रै यस्ता फल भए जसले रेफ्रीलाई कार्ड खल्तीमा राख्दै चेतावनीमै टारे । आर्मीका आधा दर्जन खेलाडी चोटका कारण फाइनल खेल्ने-नखेल्ने शंकामा छन् । दुई खेलाडीलाई अस्पताल नै पुर्याउनु परेको अवस्था छ ।

खेलदौरान नै चोटका कारण विमल पाण्डे, टेकबहादुर बुढाथोकी र टंक बस्नेतलाई आर्मीले परिवर्तन गरेको थियो । अर्का डिफेन्डर विकास खवासको पनि टाउकोमा नराम्रो चोट लागेको छ । मिडफिल्डर सेसेहाङ आङदेम्बेको आँखा नजिक चोट छ । गोलरक्षक विकेश कुथु पनि घुँडामा चोट बोकेपछि अन्तिम समयमा निकै समस्यामा देखिएका थिए । अन्य खेलाडीले पनि दाउफिन्सका शारीरिक रुपमा बलिया खेलाडीको थुप्रै फल बेहोर्नुपर्यो । यो सबका बाबजुद दाउफिन्सले खेल अवधिभर आर्मीको पोस्टमा लोभलाग्दो आक्रमण गर्न भने चुक्यो ।

दाउफिन्सले आहा गोल्डकपको पछिल्लो खेलमा नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको थियो । सामान्यतया मोफसलका प्रतियोगितामा विभागीय टोलीलाई समर्थन गर्ने दर्शकको जमात कम हुन्छ । अझ विशेषत विदेशी टोली मैदानमा हुँदा त्यसै टोलीको समर्थनमा अधिकांश दर्शक हुने गर्छन् । तर दाउफिन्समा भने ठिक विपरित लागु भयो । दाउफिन्स मन्यत्य नपाएको टोली भएको र खेलको स्तर पनि सन्तोषजनक भन्दा बढी आपत्तिजनक भएपछि दर्शकहरु विभागीय टोलीको समर्थनमा देखिए ।

फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उपाधि भिडन्तमा खेल्ने दुवै टोलीका प्रशिक्षकले दाउफिन्सको स्तरबारे टिप्पणी गरे । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले विदेशी टोली आउनु नेपाली क्लबको लागि राम्रो भएपनि स्तरबारे भने गहन हुनुपर्ने बताए । ‘नेपाली फुटबल अझै स्तरको हिसाबले पछाडी छौं । दक्षिण एसियामा हेर्ने हो भने हामी राम्रो फुटबल खेल्ने टोलीमा गनिन्छौं । हाम्रो फुटबलको स्तर विकास गर्न विदेशी टोलीविरुद्ध खेल्नुपर्छ । तर कस्तो टोलीसँग खेल्ने भन्ने पनि हामीले राम्रोसँग बुझ्नुपर्छ,’ प्रशिक्षक केसीले भने, ‘हामी विदेशी टोलीसँग खेल्दा नयाँ कुरा सिक्ने अवसर पाउँछौं तर कस्तो टोलीसँग सिक्ने भन्नेपनि हामीले सोच्नुपर्छ । केहि साताअघि पोखरामा भएको एक प्रतियोगितामा जापानी टोली आएको थियो । जसले फुटबल खेल्थ्यो । हिजो हामीले आर्मीविरुद्ध जुन टोली देख्यौं, त्यो मैदानमा फुटबल खेलिरहेको थिएन ।’

दाउफिन्सको खेल्ने शैलीमा प्रशिक्षक केसीले फुटबल खेल्नेभन्दा खेलाडीलाई घाइते बनाउने हिसाबले खेलेको पनि अभिय्वाक्ति दिए । ‘हामी सबैले फुटबलको अनुशासन देखेका छौं । विदेशी टोलीको फुटबल अनुशासन कतो हुनुपर्ने जापानको टोलीले प्रस्तुत गरेको धेरै समय भएको छैन । आर्मीविरुद्ध दाउफिन्सले खेलाडीलाई घाइते बनाउने हिसाबले खेल्यो । आर्मीका केहि खेलाडी अस्पतालमा छ । हिजोको खेलले हामी फुटबल खेल्नेभन्दा खेलाडी घाइते बनाउन सिक्ने मात्र देखें,’ केसीले थपे, ‘ रेफ्रीले चाहेको भए खेलमा रेड कार्ड धेरै भएर खेल नै रद्द हुने अवस्था समेत देखें । जापानको टोलीले पराजित भएपनि राम्रो खेल प्रस्तुत गरेको थियो । हामीले तैपनि उनीहरुको खेल्ने शैलीबाट केहि सिक्यौं ।’

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि दाउफिन्सले खेलभन्दा बढी खेलाडी घाइते बनाउने हेतुले खेलेको बताए । ‘हिजोको खेलमा दाउफिन्सले खेलभन्दा बढी खेलाडीलाई घाइते बनायो । करांतेमा जस्तो किक पनि हानिरहेको प्रष्ट देख्यौं । यसरी त खेलाडीको करिअरमा नै खतरा बढ्छ । खेल प्रतिस्पर्धात्मक हुने हामीलाई थाहा छ । तर त्यसको मतलब खेलमा प्रतिस्पर्धा हुनुपर्ने हो,’ उनले भने ।

दाउफिन्सको हालसम्मको नेपाल यात्रा

धनगढीमा आयोजना भएको खप्तड गोल्डकपमा सहभागिता जनाउन नेपाल आएको दाउफिन्सले उक्त प्रतियोगिताको पहिलो खेलमा नै संकटासँग पराजित भयो । एन्फाले आयोजकको आग्रहमा एक प्रतियोगितालाई मात्र स्वीकृति दिएको टोली बिना स्वीकृति इटहरीमा पुग्यो । उक्त प्रतियोगितामा पनि पहिलो खेलमा नै पराजित भएपछि दाउफिन्स फर्कने आँकलन गरिएको थियो । तर त्यसो भएन ।

पोखरामा आयोजना भएको मनकामना कपमा दाउफिन्सले उपाधि नै जित्यो । एन्फाले टोलीको आधिकारिकताबारे मौन रहेको स्थितिमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा आफैं विजयी टोलीलाई पुरस्कृत गर्दै राजधानी फर्किए । लगत्तै एन्फाले दाउफिन्सलाई क्यामरुन फर्कन चिठी लेख्यो । तर बुढासुब्बा गोल्डकप खेल्ने अघिल्लो दिन चिठी हात परेपछि पनि आयोजकले दाउफिन्सलाई खेलाउने निर्णय लियो र अन्तत: प्रतियोगिताको उपाधि नै जित्यो ।

एन्फाले बारम्बार मान्यता नपाएको टोली भन्दै आयोजकहरुलाई भनिरहँदा दाउफिन्स भने बुटवलको तिलोत्तोमा गोल्डकपको उपाधि जित्न पनि सफल रहयो । अध्यक्ष शेर्पाले एन्फाले मान्यता नदिएपनि राष्ट्रिय खेलकुद परिषदको आडमा दाउफिन्सले प्रतियोगिता खेलिरहेको बताए । फुटबलको सर्वोच्च निकायले आफ्नो अन्तर्गतका जिल्ला संघको आयोजनामा एन्फाकै स्वीकृतिमा भएको प्रतियोगितामा मान्यता नदिएको टोली खेल्दा औपचारिक कारवाही गर्न चुकेको छ ।

पोखरामा आयोजना हुँदै आएको आहा रारा गोल्डकपमा पनि दाउफिन्सले लगातार चौथो उपाधि जित्ने लक्ष्य लिएको थियो । तर सेमिफाइनलमा त्रिभुवन आर्मी तगारो बनिदियो । आर्मी १-० ले विजयी हुँदै फाइनल प्रवेश गर्न सफल रहयो । शनिबारदेखि झापामा सुरु हुने झापा गोल्डकपमा दाउफिन्सको सहभगिता रहने छैन । तर यसका बाबजुद टोलीका कप्तानले दाउफिन्स अहिले क्यामरुन नफर्कने बताएका छन् । एन्फा मौन रहँदा दाउफिन्सको जगजगी अझै बढ्ने देखिन्छ । दाउफिन्सको सहभागितासँगै नेपाली टोलीहरुले अझैपनि टोलीको दमनशील स्वभावको सामना गर्नुको विकल्प छैन ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.