default_image

5 years ago

March 2, 2019

आर्मी र थ्री स्टार आहा गोल्डकप उपाधिका लागि भिड्दै

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकपको १७ हौं संस्करणको उपाधिका लागि शनिबार रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । आर्मी पहिलोपटक उपाधि जित्ने दाउमा छ भने थ्री स्टार पाँचौ पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ । पोखरा रंगशालामा हुने उपाधि भिडन्तको पूर्वसन्ध्यामा दुवै टोलीले उपाधिका लागि खेल्ने प्रस्ट पारेका छन् । थ्री स्टारका […]

43 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकपको १७ हौं संस्करणको उपाधिका लागि शनिबार रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । आर्मी पहिलोपटक उपाधि जित्ने दाउमा छ भने थ्री स्टार पाँचौ पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ

पोखरा रंगशालामा हुने उपाधि भिडन्तको पूर्वसन्ध्यामा दुवै टोलीले उपाधिका लागि खेल्ने प्रस्ट पारेका छन् । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आर्मी जस्तो राम्रो टोलीविरुद्ध फाइनल खेल्न आतुर रहेको बताए । ‘ आर्मी निकै राम्रो टोली हो । घरेलु फुटबलमा आर्मी र थ्री स्टार नै शीर्ष दुई टोली हुन् । अब फाइनलमा उत्कृष्ट दुई टोलीको खेल दर्शकहरुको लागि पनि हेर्नलायक हुनेछ,’ उनले भने ।

आर्मी का प्रशिक्षक नवीन न्यौपानेले पनि बलियो थ्री स्टारलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य राखेको बताए । ‘हामीले मोफसलमा राम्रै नतिजा हात पारेका छौं । थ्री स्टारविरुद्ध पनि यसअघि खेलिसकेका छौं । टोली राम्रो स्थितिमा छ र उपाधि जित्ने नै हाम्रो लक्ष्य हो,’ न्यौपानेले थपे ।

पछिल्लो केहि प्रतियोगितामा उपाधि जित्न नसकेको अवस्थामा यस उपाधि जितेर लयमा फर्कने थ्री स्टारका कप्तान विक्रम लामाले बताए । आर्मी का कप्तान भरत खवासले अहिले टोलीले राम्रो लयमा खेलिरहेकाले त्यसलाई निरन्तरता दिँदै आहा गोल्डकप जित्दै इतिहास रच्ने अभिव्यक्ति दिए ।

थ्री स्टारले प्रतियोगिताको पहिलो खेलमा युनाइटेड सिक्किमलाई ५-२ को फराकिलो अन्तरले पराजित गरेको थियो । एपीएफलाई टाइब्रेकरमा हराउँदै थ्रीस्टार फाइनल पुगेको हो ‌। पहिलो खेलमा हिमालयन शेर्पालाई ३-१ ले हराएको आर्मी ले सेमिफाइनलमा दाउफिन्सलाई १-० ले पराजित गर्दै उपाधि भिडन्त तय गरेको हो ।

थ्री स्टार पछिल्लो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित हुँदै उपाधि जित्नबाट बन्चित भएको थियो । २०७१ यता थ्री स्टारले उपाधि जितेको छैन । त्यसअघि २०६३, २०६७ र २०६९ सालमा थ्री स्टारले यस प्रतियोगिताको उपाधि जितेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.