लमजुङ (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पर्यटकीय नगरी लमजुङस्थित राइनास नगरपालिकामा ‘राइनासकोट पर्यटन कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता नेपालीहरुको पर्व शिवरात्रीको अवसरमा हुने लागेको प्रतियोगिता संयोजक तथा राइनासकोट ग्रामीण पर्यटन तथा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर गुरुङले हाम्रो खेलकुदलाई जानकारी गराए ।
अध्यक्ष खड्ग गुरुङले अघिल्ला पाँच संस्करणमा खुल्ला राखिएपनि यसपटकदेखि नगरपालिका भित्रैको प्रतिभा जन्माउन राइनास नगरपालिका भित्रको मात्रै गर्न लागिएले बताए ।
प्रतियोगिता २० फागुनबाट २५ फागुनसम्म सञ्चालन हुने भएपनि टिमको उपस्थितिका आधारमा फाइनल खेलाइने बताए ।
सेभेन ‘ए’ साइडमा हुने प्रतियोगिताको विजेताले १ लाख रूपैयासहित कप पदक र प्रमाणपत्र हात पार्नेछन् । दोस्रो हुने टिमले ५० हजार रुपैया हात पार्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद र पदक प्राप्त गर्नेछ । प्रतियोगिताको लागि राइनास नगरपालिकाबाट २ लाख रुपैया सहयोग गरेको र बाँकी अपुग रकम स्थानिय र चन्दाबाट संकलन गरेर पुर्ति गरिने प्रतियोगिता संयोजक गुरुङले बताए ।
उनले जिल्ला खेलकुद विकास समिति र लमजुङ जिल्ला फुटबल संघमा अघिल्ला वर्ष प्रतियोगिताको लागि सहयोग मागेपनि कुनै सुनुवाई नभएपछि यसपटक सहयोग माग्न नगएको सुनाए । प्रतियोगिता पर्यटन वर्ष २०११ बाट सुरु भएपनि बीचमा केही ग्याप हुन पुगेको बताए ।
राइनासकोट पर्यटन कपमा फुटबलसँगै छेलो र नृत्य प्रतियोगिता पनि सञ्चालन हुनेछन् । छेलोको विजेताले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले १ हजार रूपैया पाउनेछन् ।
यस्तै नृत्यतर्फको विजेताले १० हजार रूपैया पाउनेछन् । दोस्रो हुनेले ५ हजार, तेस्रोले ३ हजार र सान्त्वना हुनेले १ हजार रूपैया पाउनेछ । यस्तै ५ हजार रूपैयामा प्याराग्लाइडिङ पनि हुने आयोजकले जनाएको छ ।