एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर र आर्सनलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

टोटेनहमको मैदान वेम्वली स्टेडियममा भएको खेलमा आर्सनलले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
खेलको १६औं मिनेटमा आरोन राम्सीको गोलबाट आर्सनलले खेलमा अग्रता बनाएको थियो । उनले एलेसान्द्रे लाकाजेट्टीको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको आर्सननले दोस्रो हाफमा एक गोल खान पुग्यो ।
७४औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । आर्सनलका मुस्ताफीले टोटेनहमका केनलाई बक्सभित्र फल गरेपछि रेफ्रीले पेनाल्टीको मौका दिएको थियो । जसलाई केनले सदुपयोग गेका थिए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पाएको पेनाल्टीलाई आर्सनलले सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । पिएरे हेनरिक मिख्तारियनको प्रहारलाई टोटेनहमाका गोलरक्षकल ह्युगो लोरिसले बचाएर सम्भावित हार टारिदिएका थिए ।
बराबरीसँगै टोटेनहमा २९ खेलबाट ७१ अंक जोडेर तेस्रो स्थानमा रहँदा ५७ अंक जोडेको आर्सनल पाँचौ स्थानमा रहेको छ ।
प्रिमियर लिगका अन्य खेलका नतिजाहरु
बर्नमाउथ विरुद्ध म्यानचेस्टर सिटी (०–१)
ब्राइटन विरुद्ध हडर्सफिल्ड (१–०)
बर्नली विरुद्ध न्यु क्यासल (१–३)
म्यानचेस्टर युनाइटेड विरुद्ध साउथह्याम्पटन (३–२)
वल्भ्स विरुद्ध कार्डिफ सिटी (२–०)