default_image

5 years ago

March 4, 2019

के छ एन्फाको नयाँ लोगोमा ?

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ लोगो सर्वजनिक गरेको छ ।

पोखराका सन्दीप तिवारीले तयार पारेको लोगो एन्फाको नयाँ लोगो बनेको हो । गत साउनमा एन्फाले नयाँ लोगोका लागि खुला प्रतिस्पर्धाको आव्हान गरेको थियो । जसबाट सन्दीपले ५ सय ७० प्रतिस्पर्धीलाई पछि पारेको हो । उनले ५० हजार रूपैयाँ हात पारे ।

नयाँ लोगोको सबैभन्दा माथि अंग्रेजी अक्षरमा नेपालको नाम रहेको छ । ठीक त्यसैमुनि विश्वको सर्वाेच्च शिखर सगरमाथा र पुछारमा चन्द्र र सुर्य अंकित नेपालको झण्डा छ । पुछारमा फुटबलको चिन्ह रहेको छ । नेपालको शिर ठाडो पार्ने काम सगरमाथाले गर्नेछ । ठाडो शिरमा नेपालको झन्डा फहरिदाको डिजाइनलाई लोगोमा उद्रित गर्न खोजिएको छ । फुटबलमा संघीय संरचना अनुसार ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने संकेत राखिएको छ । जर्सीमा नेपाल लेखिनेछ भने एन्फाको लोगोमा एन्फा रहनेछ ।

आफुले तयार पारेको लोगो एन्फामा उत्कृष्ट हुँदा खुशी लागेको उनले कार्यक्रममा बताए । एन्फाको लोगो दोस्रोपटक परिवर्तन भएको हो । यसअघि विसं २०६२–६३ को जनआन्दोलन पछि श्रीपेचको स्थानमा फुटबल राखेर नयाँ लोगो तयार पारिएको थियो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.