default_image

7 years ago

March 7, 2019

मोउरिन्हो रियल जाने चर्चा !

162 views

0 Bookmark

लिस्बन (एजेन्सी)– पोर्चुगली प्रशिक्षक जोसे मोउरिन्हो पूर्व क्लब रियल म्याड्रिड जान सक्ने चर्चा सुरु भएको छ । मोउरिन्होले रियल फर्कने अवसर मिल्दा आफुलाई खुसी लाग्ने बताएका छन् । यद्दपी रियल जाने सम्भावनालाई उनले अलिहेका लागि भने हल्ला मात्र भएको बताए ।

‘ मैले के भनेको तपाई सुन्न चाहनु हुन्छ । हल्ला त हल्ला हो । रियल, पोर्टो, चेल्सी वा इन्टर मिलान यसअघि जति टोलीलाई हेरे त्यसमा फर्कन पर्दा मलाई कुनै समस्या छैन,’ मोउरिन्होले भने,’ एक पटक काम गरिसकेको ठाँउमा पनि फेरि जान पाउँदा खुसी लाग्छ । तर चेल्सी मात्र त्यस्तो टोली जहाँ म दोहोराएर पुगेको छु ।’

उनले रियलसँगको स्मरण पनि साटेका छन् ।’एकदमै राम्रो सम्झना क्लबसँग रहेको छ । रियलमा काम गर्नु कुनै पनि क्लबलाई हेरे भन्दा फरक र विशेष छ,’उनले थपे,’हामीले यात्राका दौरान राम्रो गरेका छौं । फरक ढंगबाट हामीले लिग जितेका थियौं । हाम्रा कति खराब स्मरण पनि छन् । मैल गल्ति पनि गरे ती अनुभवले मलाई थप जिम्मेवार र उत्कृष्ट बनायो ।’

डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छोडे यता मोउरिन्हो रियल जाने चर्चा पनि चल्न थालेको थियो । उनको बर्हिगमनपछि युनाइटेडले प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

November 15, 2025

क्रोएसियाको विश्वकपमा छनोट

एजेन्सी – क्रोएसियाले शुक्रवार फारो आइसल्यान्ड्सलाई ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ का लागि स्थान पक्का गरेको छ। खेलमा पछि परेको क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो। रियेकामा भएको खेलको १६ औं मिनेटमा गेझा डेविड टुरीको गोलमा फारोले अग्रता लियो। तर २३ औं मिनेटमा जोस्को ग्भार्डिओलले गोल गर्दै खेल बराबरीमा ल्याए। ५७ औं […]

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

Success

Thank you for your time.