default_image

10 years ago

April 27, 2016

रोनाल्डो विनाको रियल सिटीसँग रोकियो

140 views

0 Bookmark

लन्डन (एजेन्सी) – जोय हार्टले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगको फाइनल पुर्याउने सम्भावनालाई जीवित राखेका छन् । रियाल मिड्डसँगको पहिलो लेगलाई गोलरहित बराबरी रोकेपछि सिटीले अघि बढ्ने सम्भावनालाई यथावत राखेको हो । खेललाई बराबरीमा रोक्ने क्रममा गोलकिपर हार्टले अन्त्यतिर दुई उत्कृष्ट बचाउ गरेका थिए ।

म्यानचेस्टर सिटीका गोलकिपर   जोय हार्ट

म्यानचेस्टर सिटीका गोलकिपर
जोय हार्ट

तिघ्राको चोटका कारण क्रिस्टियाने रोनाल्डो सिटीको मैदानमा उत्रेनन् । उनको अनुपस्थितिमा रियलको आक्रमण दमदार हुन सकेन । टोली कमैमात्र गोलको अवसर सृजना गर्न सक्यो । अन्तिम २० मिनेटमा भने रियालले दुईवटा शसक्त आक्रमण गर्यो, तर सफल भएन । जेसेको हेड प्रहार बारमा लागेर फर्कियो भने हार्टले कासिमिरो र पेपेको प्रयासलाई रोकेका थिए । कासिमारोले नजिकबाट गरेको हेडप्रहारलाई हार्टले बचाएका थिए । दोस्रो लेग अर्को साता रियालको मैदानमा हुनेछ । दोस्रो सेमिफाइनलको पहिलो लेग बायर्न म्युनिख र एट्लेटिको मड्डिबीच प्रतिस्पर्धा हुनेछ ।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.