default_image

7 years ago

March 9, 2019

आर्मी झापा गोल्डकपको फाइनलमा

216 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद)– साविक विजेता च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा आयोजक झापासँगको भेट पक्का गरेको हो ।


आर्मीले दाउफिन्सका खेलाडीको आत्मघाति गोलको उपहार बाट फाइनल यात्रा तय गरेको थियो । भरत खवासले गरेको क्रस पासमा नवयुग श्रेष्ठलाई मार्क गरिरहेका दाउफिन्सका सिलो नाङगाले चेष्ट गर्न खोज्दा बलले जाली चुमेको थियो । खेलको २३ औं मिनेटको त्यही आत्मघाति गोलको मद्दतले आर्मी फाइनलमा पुगेको हो ।

डोमाला राजवंशी रंगशालामा खेल अवधिभर दाउफिन्सले एक दर्जन बढी मौका पाएपनि गोल हुन सकेन । दाउफिन्सले दोस्रो हाफमा केही शसक्त प्रहार गरेको थियो । खेलको ४५ औं मिनेटमा दाउफिन्सका अहन्दा इशाको शसक्त प्रहार आर्मीका गोलरक्षक बिकेश कुथुले पञ्च गरेर बाहिर फ्यालेका थिए ।

५२ औ मिनेटमा टीना टीनाको प्रहार गोलकिपर विकेशले पन्र्च गरिदिएपछि दाउफिन्सले गोल गर्ने अवसरबाट बञ्चित भएको थियो । ५७ औं मिनेटमा दाउफिन्सका पेटाङगाले खाली पोष्टमा गोल गर्न सकेनन् । ६३ औं मिनेटमा पेटाङगाको प्रहार पनि विकेशले रोके ।

तस्बिर : कुशल रिसाल

आर्मीका टेकबहादुर बुढाथोकिले खेलको ३१ औं मिनेटमा खाली पोष्टमा गरेको प्रहार बाहिरियो । जितसँगै झापा गोल्डकपमा आर्मी क्लबले तेस्रो पटक फाइनल खेल्ने भएको छ । आर्मीले पहिलो र तेस्रो सिजनको उपाधि जितेको थियो ।

आर्मीले फाइनल जितेका सबै खेल झापासँगको भेटमा हो । झापा ११ भने चौथो पटक फाइनलमा पुगेपनि हालसम्म उपाधी रक्षा गर्न सकेको छैन । खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका बिमल पाण्डे भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाएका थिए ।

बिर्तामोडको हिम इलेक्ट्रोनिक्सले प्रदान गर्दै आएको २८ इन्चको एलइडी टेलिभिजन बिर्तामोडका भरत गुरागाँईले पाएका छन् । टिकट काटे खेल हेर्न आएका दर्शकमध्ये लक्की ड्र बाट निरौलाले टेलिभिजन हात पारेका हुन् ।

जितपछि आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्नो टीमका धेरै खेलाडी घाइते भएको हनाले अपेक्षित प्रदर्शन हुन नसकेको बताए । आर्मीका लागि एक गोलको स्कोर भइसकेपछि रक्षात्मक खेल खेलेको हुनाले थप गोल गर्नतर्फ नलागेको उनले बताए ।

दाउफिन्सका मेनेजर आशिक थापा मगरले उत्कृष्ट प्रदर्शनका बावजुत पनि स्कोर हुन नसकेको बताए । खेलमा पाएका अवसरलाई सदुपयोग गर्न नसकेका कारण खेलबाट बाहिरिनु परेको थापाले बताए ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.