एजेन्सी – पिएसजीका ब्राजिलियन फरवार्ड नेयमारलाई भित्राउन रियल म्याड्रिड अभ्यसरत रहेको विभिन्न इङ्ग्लिस संचारमाध्यमहरुले जनाएका छन्। बार्सिलोनाका पूर्व खेलाडी नेयमारलाई ३ सय मिलियन पाउण्डसम्म खर्चन रियल तयार रहेको बताईएको छ।
यसअघि सन् २०१७ मा बार्सिलोनाबाट पिएसजी पुगेका नेयमारको नाममा सर्वाधिक महँगा खेलाडीको किर्तिमान छ। उनी रियल पुगे १ सय ९८ मिलियन पाउण्डको त्यस कीर्तिमानी सम्झौतालाई उछिन्ने छन्।
यसै सिजन क्रिस्टियानो रोनाल्डोको प्रस्थान पछि संघर्षरत रियलले टोलीलाई पुनः आकार दिन उनलाई भित्राउने प्रयास गर्ने इङ्ग्लिस संचारमाध्यमहरुले जनाएका हुन्।
ला लिगामा तेस्रो स्थानमा रहेको रियल शिर्षस्थानको बार्सिलोना भन्दा १२ अंकको दुरीमा छ। त्यस्तै कोपा डेल रे सेमिफाइनलमा बार्सासँग पराजित हुँदै बाहिरिएको रियल च्याम्पियन्स लिग अन्तिम १६ मा डच क्लब अज्याक्ससँग स्तब्ध भएपछि रियलको समस्या थपिएको हो।
रियल नेयमार बाहेक किलियन एम्बाप्पेलाई पनि भित्राउने चासो राखेपनि एम्बाप्पे भने पिएसजी छाड्ने पक्षमा नरहेको बुझिएको छ।