काठमाडौं– नेपालले हारबाट एएफसी यु–१४ गल्र्स रिजनल (दक्षिण र मध्य) च्याम्पियनसिप सुरुआत गरको छ । ताजकिस्तानमा जारी च्याम्पियनसिपमा नेपाली टोली बुधबार छिमेकी भारतसँग ९–० ले पराजित भयो ।
पहिलो मिनेटमै बान्या कविराजले गोल गर्दै भारतलाई अग्रता दिलाइन् भने ११ औं मिनेटमा सान्थिया भेन्गादाजालमले गोल गन् ि। कप्तान थाइल्यान्डले १३ औं मिनेटमा अर्को गोल गरिन् । भारतले १८ औं मिनेटमा अर्को गोल थप्दा नेपाली सरिता न्यौपानेबाट डिफलेक्ट भएको थियो । निकिता बिसीले ३० औं मिनेट गोल गरेपछि भारले पहिलो हाफमा ५–० को अग्रता लिएको थियो । कभीप्रमेश्वरीले ३९ औं, थाइल्यान्डले ४४ औं, सुनीता मुन्डाले ४५ र ६५ औं मिनेटमा गोल गर्दा भारतले फराकिलो जितका साथ च्याम्पियनसिपको सुरुआत गरेको छ ।
सुरुमै गोल खादा खेलाडी अत्तालिएको भन्दै नेपाली टोलीका प्रशिक्षक विनोद लामाले प्रदर्शन कमजोर भएको बताए । नेपालले बिहीबार साबिक विजेता बंगलादेशको सामना गर्नेछ ।