default_image

5 years ago

March 11, 2019

‘म सुत्न सकिरहेको छैन’ – एमबाप्पे

एजेन्सी – पीएसजीका स्टार युवा फरवार्ड किलियन एमबाप्पेले यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग नाटकीय हार बेहोर्दै प्रतियोगिताबाट बाहिरीपछि सुत्न पनि नसकेको बताएका छन् । पहिलो लेगमा युनाइटेडको मैदानमा २-० को जित दर्ता गरेको पीएसजीले दोस्रो लेगमा ३-१ को हार बेहोरेपछि क्वाटरफाइनल पुग्न बन्चित भएको थियो । युनाइटेडको जितमा मार्कस रासफर्डले इन्ज्युरी समयमा पेनाल्टी गोल […]

37 views

0 Bookmark

एजेन्सी – पीएसजीका स्टार युवा फरवार्ड किलियन एमबाप्पेले यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग नाटकीय हार बेहोर्दै प्रतियोगिताबाट बाहिरीपछि सुत्न पनि नसकेको बताएका छन् ।

पहिलो लेगमा युनाइटेडको मैदानमा २-० को जित दर्ता गरेको पीएसजीले दोस्रो लेगमा ३-१ को हार बेहोरेपछि क्वाटरफाइनल पुग्न बन्चित भएको थियो । युनाइटेडको जितमा मार्कस रासफर्डले इन्ज्युरी समयमा पेनाल्टी गोल गरेका थिए । कतारी शेखको आगमनपछि ,मोटो रकम खर्चेको पीएसजीले क्वाटरफाइनल चरण पनि पार गर्न सकेको छैन । एमबाप्पेले दोस्रो लेगको नतिजापछि आफू सुत्न पनि नसकेको बताएका छन् ।

‘म स्तब्ध छु । हामीले यहाँसम्म आउन निकै मिहिनेत गरेका थियौं । म सुत्न पनि सकेको छैन । मलाई लाग्छ हाम्रो टोलीको लगभग सबैको यहि अवस्था छ,’ उनले भने, ‘ हामीले चाहेर पनि यसलाई बिर्सन सकिरहेका छैनौं । च्याम्पियन्स लिग हाम्रो प्रमुख प्राथमिकतामा रहेको प्रतियोगिता थियो । मैदान पनि समर्थकले भरिपूर्ण थियो, तर नतिजा भने हाम्रो पक्षमा आएन । हामीले चाहेको नतिजा यो थिएन ।’

फ्रान्सलाई विश्वकप उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका २० वर्षीय एमबाप्पेले अर्को सिजन पीएसजीमै रहने पनि पक्का गरे । ‘हामी यस प्रतियोगिताबाट बाहिरिनु र मेरो व्यक्तिगत स्थितिलाई जोड्नु कुनै औचित्य छैन । म यहीं रहेर हाम्रो लक्ष्यलाई पुरा गर्ने योजनामा छु । मेरो यो निर्णय परिवर्तन हुने छैन,’ एमबाप्पेले थपे ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.