विराटनगर (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप २०१९ को उद्घाटन खेलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्दैछन् । विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे हुने खेलका लागि नेपालको सुरुवाती रोजाई सार्वजनिक भएको छ ।

हिरो गोल्डकपको फाइनल खेलेको नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । डिफेन्डर पुनम जर्घामगरको स्थानमा अमृता जैशी सुरुवाती रोजाइमा आएकी छिन् । फरवार्ड सावित्रा भण्डारीले आक्रमण सम्हाल्दा कप्तान निरु थापाले उनलाई सहयोग गर्नेछिन् । सेन्टर मिडफिल्डमा दिपा राई र रेनुका नगरकोटेको जोडी रहनेछ भने विङ्सबाट अनिता बस्नेत र मन्जलीकुमारी योन्जन खेल्नेछन् ।
हिराकुमारी भुजेल र मनमाया लिम्बुले दायाँ र बायाँ डिफेन्स सम्हाल्दै बेलाबेलामा आक्रमणमा पनि सहयोग गर्नेछन् । गीता रानालाई सेन्टर डिफेन्समा अमृता जैशीको साथ रहनेछ । गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बाले खेल्नेछिन् ।
सुरुवाती एघार :
एन्जिला तुम्बापो सुब्बा
हिरा भुजेल – गीता राना – अमृता जैशी – मनमाया लिम्बू
अनिता बस्नेत – रेनुका नगरकोटे – दिपा राई – मन्जली कुमारी योन्जन
निरु थापा (कप्तान)
सावित्रा भण्डारी