बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका मिडफिल्डर ओसमाने डेम्बेले चोटका रण तीन देखि चार साता मैदान बाहिर रहने भएका छन् । स्पेनिस च्याम्पियन बार्सिलोनाले परिक्षण पछि ह्यामस्ट्रिकका कारण उनले आराम गर्नुपर्ने बताएको छ ।

बोरुसिया डर्टमन्डबाट सन् २०१७ मा बार्सिलोना पुगेयता उनी पटक पटक चोटग्रस्त बनेका थिए । यद्दपी २१ वर्षे मिडफिल्डर पछिल्लो केहि महिना देखि टोलीको महत्वपूर्ण सदस्य रहँदै आएका थिए । पहिलो रोजाईमा पर्न नसकेपनि उनले गोल गरिरहेका थिए ।
बुधबार लियोनविरुद्ध च्याम्पियन्स लिगमा ५–१ को जितमा डेम्बेलेले गोल गरेका थिए । यो सिजन च्याम्पियन्स लिगमा उनको त्यो तेस्रो गोल हो । यो सिजन उनले सबै प्रतियोगितामा गरि १४ गोल गरेका छन् ।
चोटका कारण डेम्बेलेले ला लिगामा एट्लेटिको म्याड्रिडविरुद्ध अप्रिल ६ मा हुने खेल तथा अप्रिल ९ वा १० मा हुने च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेग गुमाउनेछन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको खेल तालिका शुक्रबार सार्वजनिक हुँदैछ ।