default_image

5 years ago

March 15, 2019

विमलको कप्तानीमा यू-२३ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरको कप्तानीमा एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण खेल्ने यू-२३ टोलीको घोषणा भएको छ । प्रतियोगिता मार्च २२ देखि २६ सम्म कतारमा आयोजना हुँदैछ । राष्ट्रिय टोलीका खेलाडी समेत संलग्न रहेको टोलीमा अनन्त तामाङ उपकप्तान रहेका छन् । राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका फरवार्ड अन्जन विष्ट, […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरको कप्तानीमा एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण खेल्ने यू-२३ टोलीको घोषणा भएको छ । प्रतियोगिता मार्च २२ देखि २६ सम्म कतारमा आयोजना हुँदैछ ।

राष्ट्रिय टोलीका खेलाडी समेत संलग्न रहेको टोलीमा अनन्त तामाङ उपकप्तान रहेका छन् । राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका फरवार्ड अन्जन विष्ट, मिडफिल्डर सुनील बल, हेमन्त थापामगर, तेज तामाङसँगै डिफेन्डर कमल श्रेष्ठ, सुमन अर्याल र दिनेश राजवंशी पनि टोलीमा अटाएका छन् । यसअघि यू-२३ टोलीबाट खेलिसकेका अमित तामाङ, विश्वास श्रेष्ठ, गौरव बुढाथोकी र तेज तामाङ पनि टोलीमा अटाएका छन् ।

पूर्ण टोली :
गोलरक्षक : अर्पण कार्की, दिप कार्की, रोमन रसाइली
डिफेन्डर : अमित तामाङ, अनन्त तामाङ (उपकप्तान), असिम भुषाल, विकास खवास, दिनेश राजवंशी, कमल श्रेष्ठ, सुमन अर्याल, छिरिङ गुरुङ
मिडफिल्डर : अभिषेक रिजाल, एरिक विष्ट, विश्वास श्रेष्ठ, गौरव बुढाथोकी, हेमन्त थापामगर, सुनील बल, तेज तामाङ, नितिन थापा
फरवार्ड : विमल घर्ती मगर (कप्तान), अन्जन विष्ट, धिरज श्रेष्ठ, प्रेजेन तामाङ

नेपालको खेल तालिका :
२२ मार्च २०१९ – १९:४५ बजे – नेपाल विरुद्ध ओमान
२४ मार्च २०१९ – २१:४५ बजे – कतार विरुद्ध नेपाल
२६ मार्च २०१९ – २१:४५ बजे – नेपाल विरुद्ध अफगानिस्तान

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.