आज हुने युरोपा लिगको अन्तर्गतको सेमी फाइनल खेलहरुमा लिभरपुल भिल्लारियलसँग र शाख्तार सेभिल्लासँग खेल्दै छ । लिभरपुलले क्वार्टर फाइनल मा बोरुसिया डर्ट्मुन्डलाई पराजित गर्दै सेमी फाइनल प्रवेश गरेको थियो । दुबै खेल राती नेपाली समय १२:५०मा सुरु हुनेछ ।
भिल्लारियलको मैदानमा हुनेखेल मा लिभरपुललाई खेलाडिहरुको चोट्ले गर्दा केहि अफ्ठेरो पर्न सक्नेछ । क्यान, ओरिगि, हेन्डर्सन लगायतका खेलाडिले खेल गुमाउने पक्क छ भने बेन्टेके र साखोपनी खेल्ने सक्ने नसक्ने तय छैन । उता भिल्लारियलको भने चोट्ले खेल्न नसक्ने खेलाडी लिओ बप्तिस्टामात्र हुन ।
लिभरपुल युरोपाको पछील्लो १२ खेलमा आपराजित छ भने भिल्ल रियल लेपनी पछील्लो ११ खेलमा हारको स्वाद चाख्न परेको छैन ।