एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड लुइस सुआरेज दुई साता मैदान बाहिर रहने भएका छन् ।

बार्सिलोनाले सुआरेज कम्तीमा पनि १० देखि १५ दिन मैदान बाहिर रहने पक्का गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति रियल बेटिसलाई ४–१ ले पराजित गरेको खेलको इन्जुरी समयमा सुआरेजले एंकलमा चोट बोक्दै मैदान छाडेका थिए ।
उनलाई फिलिपे कौटिन्होले प्रतिस्थापन गरेका थिए । खेलमा सुआरेजले एक गोल गर्नुको साथै एक गोलको लागि सहायता दिएका थिए । चोट बोकेसँगै ३२ वर्षीय सुआरेजले चाइना कप अन्तर्गत उरुग्वेबाट उज्वेकिस्तानविरुद्धको मैत्रीपुर्ण खेल गुमाउने भएका छन् । खेल २२ मार्चमा हुँदैछ ।
सुआरेज मार्च ३० मा क्याटलान प्रतिद्वन्द्वी इस्पान्योलविरुद्धको खेलका लागि उपलब्ध हुने बताएको छ । यसबीचमा बार्सिलोनाको कुनै खेल रहेको छैन ।