एजेन्सी – क्रिस्टियानो रोनाल्डोले रसिया विश्वकपपछि टिममा पुनरागमन गरेको खेलमा पोर्चुगलले युरोकप छनोटको खेलमा युक्रेनसँग गोलरहित बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा युक्रेनलाई दवावमा राखेपनि गोल गर्न नसक्दा डिफेन्डिङ च्याम्पियन पोर्चुगल बराबरीमा रोकिन बाध्य बन्यो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, बर्नाडो सिल्भा र आन्द्रे सिल्भाले युक्रेनको बलियो रक्षापङ्तिलाई तोड्न सकेनन् ।
१७ औं मिनेटमा पोर्चुगलका विलियन कर्भाल्होले गोलको सुन्दर मौका खेर फाले । २४ औं मिनेटमा रोनाल्डो चुके । २८ औं मिनेटमा पुनः रोनाल्डो चुक्दा पोर्चुगलले खेलमा अग्रता लिने मौका खेर फाल्यो ।

५७ औं मिनेटमा आन्द्र सिल्भाको प्रहारलाई युक्रेनका गोलरक्षक एन्ड्रि प्याटोभले उत्कृष्ट बचाउ गर्दा पोर्चुगल निराश बनेको थियो । ७२ औं मिनेटमा रोनाल्डोले अर्काे अवसर खेर फाल्यो । ८६ औं मिनेटमा युक्रेनका कोनोप्लायान्काले गोल गर्ने मौका खलर फाल्यो । त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि थप गोल हुन नसक्दा खेल गोलरहित बराबरीमा सकियो ।
समुह ‘बी’ को अर्काे खेलमा लक्जेमवर्गले लिथुनियालाई २–१ ले पराजित ग¥यो । लक्जेमवर्गको पुनरागमन जित निकालेको हो । लक्जेमवर्गको जितमा लियान्द्रो बारेरियो र जर्सन रोड्रिगेसले गोल गरे । लिथुनियाका फियोडर सेर्मिचले गोल गरे ।
सन् २०२० को युरोकपको लागि अहिले युरोपका विभिन्न ५५ राष्ट्रलाई ८ समुहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले अर्काे चरणमा स्थान बनाउनेछन् ।