default_image

5 years ago

March 27, 2019

मोराटा चम्कँदा स्पेनको सहज जित

एजेन्सी – फरवार्ड अल्भेरो मोराटाले दुई गोल गरेपछि युरो छनोटमा स्पेनले माल्टामाथि २–० को सहज जित निकालेको छ । माल्टाको मैदानमा मंगलबार राति भएको खेलमा मोराटाले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरे । मोराटा सन् २०१७ नोभेम्वर पछि टिमको लागि गोल गर्न सफल भएका हुन् । माल्टालाई खेलको सुरुवातदेखि नै खेलमा दवावमा राखेको […]

30 views

0 Bookmark

एजेन्सी – फरवार्ड अल्भेरो मोराटाले दुई गोल गरेपछि युरो छनोटमा स्पेनले माल्टामाथि २–० को सहज जित निकालेको छ ।

माल्टाको मैदानमा मंगलबार राति भएको खेलमा मोराटाले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरे । मोराटा सन् २०१७ नोभेम्वर पछि टिमको लागि गोल गर्न सफल भएका हुन् । माल्टालाई खेलको सुरुवातदेखि नै खेलमा दवावमा राखेको स्पेनले खेलको ३१औं मिनेटमा गोलको खाता खोलेको थियो । उनले मारियो हरमोसोको पासमा गोल गरेका थिए ।

दोस्रो हाफमा पनि स्पेनले खेलमा दवाव राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । लगातारको आक्रमण विफल भएपनि अन्ततः ७३औं मिनेटमा गोलको लागि सफल भएको थियो । यसपटक पनि मोराटाले जेसस नाभासको पासमा गोल गर्दै स्पेनलाई २–० को सहज जित दिलाए ।
यस जितसँगै स्पेन समुह ‘एफ’ मा दुई जितसँगै ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । माल्टा ३ अंकसहित चौथो स्थानमा छ ।

यही समुहको अर्काे खेलमा रोमानियाले फारोइ आइल्यान्डलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । रोमानियाको जितमा क्लाडिउ केशेरुले दुई तथा, सिप्रियन लोन डिक र जर्ज पुकासले गोल गरे । पराजित टिमका भिल्जोरमरले एक गोल फर्काए । जितसँगै रोमानिया ३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । आइल्यान्ड अंकविहीन हुदै पुछारमा छ ।

समूहको अर्काे खेलमा स्वीडेन र नर्वेले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडे । नर्वेका मार्स जोनसेन, जोसुवा किङ र ओला कामराले गोल गरे । स्वीडेनका भिक्टर क्लेसन र रोविन क्वासिनले गोल गर्दा एक गोल उपहार पाएको थियो । स्वीडेन ४ अंकसहित दोस्रो तथा नर्वे १ अंकसहित पाँचौ स्थानमा छ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.